काठमाडौं: नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ।
सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघले सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ तोकेको छ। आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।
