Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

गौतमबुद्ध विमानस्थलले एअर रुट पाउने भएपछि लुम्बिनीमा उत्साह

गौतमबुद्ध विमानस्थलले एअर रुट पाउने भएपछि लुम्बिनीमा उत्साह
A A+ A-

काठमाडौं: नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ हवाई रुट दुवैतर्फी सञ्चालन गर्ने सहमति भएसँगै लुम्बिनीका व्यवसायीमा उत्साह देखिएको छ। हाल एकतर्फी रूपमा सञ्चालित बी ३४५ हवाई रुटलाई दुवैतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ।

गौतमबुद्ध विमानस्थलका पूर्वमहाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार यो रुट सञ्चालनमा आएपछि भैरहवाका लागि करिब १४० एनएम दूरी कम हुनेछ, जसले १७ मिनेट उडान समय बचत गर्नेछ। पोखराका लागि पनि भैरहवा हुँदै प्रवेश गर्दा ११४ एनएम दूरी र १४ मिनेट समय बचत हुनेछ।

चार वर्षअघि करिब ४० अर्ब रुपैयाँको लागतमा निर्माण भएको यो विमानस्थलमा पछिल्लो समय अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। विमानस्थल नचल्दा यस क्षेत्रमा निजी क्षेत्रले गरेको ७० अर्ब रुपैयाँको लगानी जोखिममा परेको व्यवसायीहरूको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले यो सहमतिलाई प्रारम्भिक उपलब्धि भन्दै अब सरकारले नेपाल एयरलाइन्सको उडान सुरु गर्ने र भिसा सेन्टरलगायतका सेवा भैरहवामै ल्याउनुपर्नेमा जोड दिएका छन्।

बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हरिप्रसाद अर्यालले हवाई मार्गको सहमतिले लगानीकर्तामा आशा जगाएको बताउँदै अब विदेशी एयरलाइन्सलाई आकर्षित गर्नुपर्ने आवश्यकता औंल्याए। नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले सहमति कार्यान्वयनका लागि स्पष्ट कार्यतालिका आवश्यक रहेको बताए।

गौतमबुद्ध विमानस्थलमा हाल ल्यान्डिङ, नेभिगेसन र यात्रु सेवा शुल्कमा शतप्रतिशत तथा ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुटको व्यवस्था छ। सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने उडान नियमित नभएसम्म पूर्ण रूपमा खुसी हुन नसकिने भन्दै थप योजनाको आवश्यकतामा जोड दिए। यसअघि जजिरा, थाई एयर एसिया, फ्लाई दुबई, कतार एयरवेज र नेपाल एयरलाइन्सले केही समय भैरहवाबाट उडान गरेका थिए।

2