काठमाडौं: सानिमा बैंकले बैंकका दुई वरिष्ठ कर्मचारीको पदोन्नति गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले सर्जुकुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो।
त्यसैगरी, निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ। थापाले सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा काम सुरु गरेका थिए। उनी बीचमा करिब १० वर्ष माछापुच्छ्रे बैंकमा कार्यरत रहेका थिए भने पछिल्लो दुई वर्षदेखि पुनः सानिमा बैंकमा आबद्ध छन्।
ढकाल पनि बैंकको स्थापनाकालदेखि नै सानिमा बैंकमा कार्यरत रहँदै आएका छन्। बैंकिङ क्षेत्रमा दुवैको २५ वर्षभन्दा बढीको अनुभव रहेको बैंकले जनाएको छ।
