Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
A A+ A-

काठमाडौं। सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरेपछि अब सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १५ हजार ३०० कित्ता शेयर सार्वजनिक गरेको छ, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि ८ लाख ८० हजार कित्ता शेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गरेको थियो। साथै, सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता र कम्पनीका कर्मचारीका लागि ५८ हजार २०० कित्ता शेयर छुट्याइएको थियो।

कम्पनीले जारी गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यस आईपीओको रेटिङ्ग केयर रेटिङ्गस् नेपालले “केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

सान्भि इनर्जी लिमिटेडले ७.६ मेगावाटको जोगमाई खोला साना जलविद्युत आयोजना र ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत आयोजना प्रबर्द्धन गरिरहेको छ। जोगमाई खोला आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ रहेको छ, जसको प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ। यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २३ वर्ष १ महिना बाँकी रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ५.५३ वर्ष रहेको छ। त्यस्तै, जोगमाई क्यासकेड आयोजनाको अनुमानित लागत १ अर्ब ९१ लाख रुपैयाँ रहेको छ, जसको प्रतिमेगावाट लागत १९ करोड ४० लाख रुपैयाँ छ। यस आयोजनाको अनुमतिपत्र ३० वर्ष ११ महिना बाँकी छ र साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका तोकिएका शाखा कार्यालयहरू वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

2