काठमाडौँ-नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६२ पैसा र बिक्रीदर १४१ रुपियाँ २२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७० पैसा र बिक्रीदर १६४ रुपियाँ ३९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपियाँ ४० पैसा र बिक्रीदर १८९ रुपियाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपियाँ ६९ पैसा र बिक्रीदर १७५ रुपियाँ ४४ पैसा कायम गरिएको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ८३ पैसा र बिक्रीदर ९२ रुपियाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ९१ पैसा र बिक्रीदर १०२ रुपियाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ १० पैसा र बिक्रीदर १०९ रुपियाँ ५६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ६८ पैसा र बिक्रीदर १९ रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४८ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५८ पैसा र बिक्रीदर ३८ रुपियाँ ७४ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३५ पैसा र बिक्रीदर चार रुपियाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २६ पैसा र बिक्रीदर ३३ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ १२ पैसा र बिक्रीदर १० रुपियाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८८ पैसा र बिक्रीदर १४ रुपियाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९३ पैसा र बिक्रीदर २२ रुपियाँ ३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २ पैसा र बिक्रीदर १८ रुपियाँ १० पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ५७ पैसा र बिक्रीदर ४६१ रुपियाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ९९ पैसा र बिक्रीदर ३७४ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ २५ पैसा र बिक्रीदर ३६६ रुपियाँ ८१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।