Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

भत्काइयो गुणस्तरहीन पुल

भत्काइयो गुणस्तरहीन पुल
A A+ A-

तनहुँ। तनहुँको व्यास नगरपालिका अन्तर्गत बुल्दीखोलामा निर्माणाधीन पक्की पुल गुणस्तरहीन भएपछि भत्काइएको छ । नगरपालिकाको वडा नम्बर ३ देउरालीनगर र वडा नम्बर १ को विज्ञानचौर जोड्ने पुल पूर्वाधार विकास कार्यालय दमौलीले भत्काएर पुनर्निर्माणका लागि निर्देशन दिएको छ । परीक्षणका क्रममा मापदण्ड अनुरूपको गुणस्तर नभएपछि भत्काएर पुनः निर्माण गर्न निर्देशन दिइएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले बताउनुभयो ।

प्राविधिकले परीक्षणका क्रममा बिममाथिको ढलान गुणस्तरहीन पाइएकाले पुनः निर्माण गर्न लगाइएको तिवारीले जानकारी दिनुभयो । तिवारीले भन्नुभयो, “गुणस्तर नभएको भत्काएर पुनः निर्माण गर्न निर्देशन दिएपछि ठेकेदारले गुणस्तरहीन भाग हाल भत्काइरहेका छन् ।”

तिवारीका अनुसार २०७९ सालमा सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी सपना बेलुले २०७७ सालमा सम्झौता गरे पनि हालसम्म ३८ प्रतिशत मात्रै काम भएको छ  ।  उक्त अवधिमा पुल निर्माण सम्पन्न गर्न नसकेपछि २०८२ जेठ ४ सम्मका लागि म्याद थप गरिएको छ । उहाँका अनुसार पुल निर्माणका लागि पाँच करोड १० लाख ३३ हजार बजेट विनियोजन भएको थियो । ठेकेदारको लापर्बाहीका कारण सोचे अनुरूप कामले गति लिन नसकेको उहाँले बताउनुभयो । व्यास नगरपालिका–१, विज्ञानचौर क्षेत्रमा रहेको विद्युत् ट्रान्सफर्मर स्थानान्तरण नहुँदा पुल निर्माणमा कठिनाइ भएकाले हटाउन लागिएको हो ।

2