Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चितवनको इच्छाकामना गाउँपालिकाको आम्दानीको मुख्य स्रोत पर्यटन

चितवनको इच्छाकामना गाउँपालिकाको आम्दानीको मुख्य स्रोत पर्यटन
अ+ अ-

चितवन। चितवनको इच्छाकामना गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत पर्यटन क्षेत्र रहेको छ । उक्त गाउँपालिका चितवनको एक मात्र गाउँपालिका हो ।

जिल्लाको उत्तरी पहाडी क्षेत्रमा रहेको यो गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोत नदीजन्य पदार्थ भए पनि यसमा विवाद आउँदा आम्दानी हुन समस्या हुँदै आएको छ । नदीजन्य पदार्थ गिट्टी, ढुङ्गा, बालुवापछि पर्यटन क्षेत्रबाटै आम्दानी हुने गरेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नदीजन्य सामग्रीमा ठेक्का लाग्न समस्या आउने गरेको छ, आम्दानीको स्रोत यही हो तर यसको कुनै भर छैन । नदीजन्य करबाहेक पालिकाको आम्दानीको स्रोत पर्यटनबाटै हो ।” कुरिनटारमा रहेको मनकामना जाने केबुलकारबाट पालिकाले कर सङ्कलन गर्दै आएको छ ।

यसबाट वार्षिक ६० लाख रुपियाँभन्दा धेरै सङ्कलन हुने गरेको पालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । पहाडी क्षेत्र भएकाले यहाँका धेरै स्थान पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ । धार्मिक तथा ऐतिहासिक क्षेत्र आन्तरिक र बाह्य पर्यटकको रोजाइ बनेको छ । उहाँका अनुसार गाउँपालिकाको वडा नं. ६ मा रहेको जलबिरे झरना मुख्य आम्दानीको स्रोत रहेको छ ।

यसबाट पालिकाले वार्षिक ३५ लाख रुपियाँभन्दा धेरै राजस्व सङ्कलन गर्दै आएको छ । यसलाई अझै प्रचारप्रसार गरेर वार्षिक एक करोड रुपियाँ राजस्व उठाउने गरी पालिकाले योजना बनाएको अध्यक्ष गुरुङले बताउनुभयो । १०२ मिटरभन्दा लामो यो झरना नारायणगढबाट मुग्लिङतर्फ २७ किलोमिटर र मुग्लिङबाट नारायणगढतर्फ सात किमीको दुरीमा पर्दछ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुग्न सकिन्छ ।

जलबिरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले यहाँ बढी चितवन, नवलपुर, तनहुँ, मकवानपुर, पर्सा, पोखरा, काठमाडौँलगायत सहरबाट पर्यटक आउने गरेको बताउनुभयो ।

शनिबार तथा सार्वजनिक बिदाका दिन धेरै पर्यटन यहाँ आउने गरेका छन् । शनिबार मात्रै पाँच सयभन्दा बढी पर्यटक यहाँ आउने गरेको गुरुङले जानकारी दिनुभयो । जलबिरे झरनामा असोजसम्म पर्यटकको भिड लाग्ने गरेको छ । वडा, गाउँपालिका र समितिमार्फत सरसफाइ व्यवस्थापन र रेखदेखको काम भइरहेको छ । विसं २०६९ देखि जलबिरे झरनामा पर्यटन विकास सुरु भएको गुरुङले बताउनुभयो ।

पालिकाको अर्को आम्दानीको पर्यटकीय क्षेत्र ऐतिहासिक उपरदाङगढी हो । वार्षिक ४० हजारभन्दा बढीले यस स्थानको अवलोकन गर्ने गरेका छन् । यस स्थानबाट पालिकाले २० लाख रुपियाँभन्दा धेरै राजस्व सङ्कलन गर्दै आएको छ । यहाँ दुई दर्जनभन्दा धेरै घरबास सञ्चालनमा रहेका छन् । यहाँ साना ग्रामीण रिसोर्ट सञ्चालनमा छ । गर्मीमा पनि चिसो हुने भएकाले चैतदेखि कात्तिकसम्म यस क्षेत्रमा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।

जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली यस पालिकाको वडा नं. १ मा पर्दछ । यसको संरक्षण र प्रवर्धनका लागि गाउँपालिकाले सिँढीसहितको बाटो बनाउने, सरसफाइ गर्ने काम गरिराखेको छ । “यहाँ रेलिङ, फलामे बेन्च, हेर्ने ठाउँ बनाइएको छ । नजिकैको काली र सिद्धबाबा मन्दिरको संरक्षण गर्ने काम भएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो, “थप निर्माणमा झन्डा राख्ने, स्तम्भ बनाउने, अन्य सानातिना पूर्वाधार बनाउने काम गरिरहेका छौँ । यहाँको सौन्दर्य नबिगार्ने गरी संरचना बनाउने काम गरिरहेका छौँ ।”

यहाँ वार्षिक करिब २० हजार पर्यटक आउने गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसबाट पनि पालिकाले आम्दानी गर्दै आएको छ । यसै गरी पालिकाको अर्को धार्मिक तथा पर्यटकीय स्थल हो इच्छाकामना मन्दिर । गोरखाको मनकामना, इच्छाकामना र त्रिवेणी वराह दिदीबहिनीका रूपमा परिचित रहेको छ ।  वार्षिक ६० हजारभन्दा बढी पर्यटक मन्दिर दर्शनका लागि आउने गरेको पालिका अध्यक्ष गुरुङले बताउनुभयो । त्यहाँबाट उठेको भेटी गाउँपालिकाको राजस्वमा जम्मा हुने व्यवस्था गरिएको छ ।

2