Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीबाट बत्तिस जलविद्युत् आयोजना प्रभावित

बाढीबाट बत्तिस जलविद्युत् आयोजना प्रभावित
अ+ अ-

काठमाडौँ- यही असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) का अनुसार हालसम्म सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन ३३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएको विवरण प्राप्त भएको छ । विगतका वर्षमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठुलो मानवीय क्षतिसमेत हुँदै आएकोमा सूचना प्राप्तिकै कारण यस पटक मानवीय क्षति हुन नपाएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो ।

१५ आयोजना इलामका

बाढीपहिरोका कारण सबैभन्दा बढी इलामका १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । जसमा ४.५ मेगावाटको माईखोला, आठ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), सात मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ‘ए’ छन् ।

त्यस्तै तीन मेगावाटको सुपरमाई ‘ए’ क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई पनि क्षतिग्रस्त छन् । क्षतिका कारण बन्द भएका अन्य आयोजनामा ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई ‘सी’ क्यासकेड, ४.६ मेगावाटको पुवा २ र तीन मेगावाटको अप्पर पुवा १ जलविद्युत् आयोजना रहेका छन् । पाँचथरमा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत् आयोजना प्रभावित भएका छन् । लिखु ४ मर्मतपश्चात् सञ्चालनमा आइसकेकोे छ ।

बन्दै गरेका आयोजनामा पनि क्षति

निर्माणाधीन जलविद्युत् आयोजनामा सबैभन्दा धेरै क्षति पहुँच मार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत् आयोजनाको पहुँचमार्ग धेरै स्थानमा बिग्रिएको प्रवर्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिनुभयो ।

इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत् आयोजना १० दिनभित्र व्यावसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पु‍याउँदा यसको विद्युत् उत्पादन मिति अनिश्चित भएको छ । पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला ‘बी’ र ९.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री र निर्माण उपकरण नै बगाएको जनाइएको छ ।

सिन्धुपाल्चोकमा रहेका चार जलविद्युत् आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६.५१ मेगावाटको ब्रह्मायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रह्मायणी, चार मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत् आयोजनाको पहुँच मार्ग बाढीले बगाएको छ ।

रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाटको इर्खुवा खोला ‘बी’, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठुलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको हिडी खोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ति २ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत् आयोजनाको पहुँच मार्गलगायतका विभिन्न संरचनामा क्षति पुगेको इप्पानले जनाएको छ ।

2