Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

डिजिटल भुक्तानी प्रणाली सुधार्न ‘एनपिएस’ मसौदा

डिजिटल भुक्तानी प्रणाली सुधार्न ‘एनपिएस’ मसौदा
A A+ A-

काठमाडौँ -डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित, पारदर्शी, समावेशी र दिगो बनाउन नेपाल राष्ट्र बैङ्कले ‘नेसनल पेमेन्ट स्विच’ र ‘नेसनल पेमेन्ट इकोसिस्टम’ निर्माणको खाका सार्वजनिक गरेको छ ।

अब सबै बैङ्क, वालेट र भुक्तानी सेवाप्रदायक एउटै साझा स्विच प्रणालीबाट आपसमा जडान हुने र त्यसले कार्ड र गैरकार्ड दुवै कारोबारलाई सहज, छरितो र सुरक्षित बनाउने जनाइएको छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको मास्टर रेफरेन्स डकुमेन्टले नेपालको भुक्तानी प्रणालीलाई पूर्ण रूपमा एकीकृत, पारदर्शी र सीमापार कारोबारमैत्री बनाउने योजना पनि जनाइएको छ । राष्ट्र बैङ्कले आइतबार मसौदा सार्वजनिक गर्दै उक्त दस्ताबेजका सम्बन्धमा सरोकारवाला निकायसँग रायसुझाव पनि मागेको छ । डिजिटल कारोबारको विकासले वित्तीय कारोबारका स्वरूप नै परिवर्तन भइरहेका बेला देशको भुक्तानी प्रणालीमा देखिएको विखण्डन, दोहोरो प्रणाली र सीमित पहुँचका समस्या समाधान गर्न यस्तो साझा रणनीतिक दस्ताबेज तयार गरिएको हो ।

आगामी मङ्सिर २० गतेसम्म सबै सरोकारवाला निकाय बैङ्क तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक, भुक्तानी प्रणाली सञ्चालक, फिनटेक कम्पनी, व्यावसायिक सङ्घ संस्था, प्राविधिक विज्ञ तथा सर्वसाधारणलगायतबाट सुझावका लागि आह्वान गरेको छ । प्रस्तावित मसौदाले देशमा विद्यमान विभिन्न भुक्तानी पूर्वाधार, कार्ड नेटवर्क, मोबाइल वालेट, बैङ्कको मोबाइल एप, क्युआर प्रणाली तथा अन्य डिजिटल प्लेटफर्मलाई एउटै साझा प्रणाली ‘नेसनल पेमेन्ट स्विच’ अन्तर्गत एकीकृत गर्ने प्रस्ताव राखेको छ ।

मसौदामार्फत कार्ड र गैरकार्ड कारोबारलाई सहज रूपमा एकअर्कासँग अन्तर सञ्चालनयोग्य बनाइने राष्ट्र बैङ्कले जनाएको छ । यस्तो स्विच प्रणाली लागु भएपछि ग्राहकले जुनसुकै बैङ्क, वालेट प्रयोग गरेर पनि सजिलै एउटै प्लेटफर्मबाट कारोबार गर्न सक्ने भएका छन् । जसले गर्दा बैङ्क तथा डिजिटल सेवाप्रदायकबिीच प्रतिस्पर्धा बढ्ने छ भने उपभोक्ताले गुणस्तरीय सेवा पाउने सुनिश्चित हुने राष्ट्र बैङ्कले जनाएको छ ।

2