काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६२ पैसा र बिक्रीदर १४२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ३९ पैसा र बिक्रीदर १६५ रुपियाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७३ पैसा र बिक्रीदर १८७ रुपियाँ ५२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ र बिक्रीदर १७७ रुपियाँ ७५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ९३ पैसा र बिक्रीदर ९३ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ३७ पैसा र बिक्रीदर १०१ रुपियाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९७ पैसा र बिक्रीदर १०९ रुपियाँ ४३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९१ पैसा र बिक्रीदर २० रुपियाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७६ पैसा र बिक्रीदर ३७ रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८५ पैसा र बिक्रीदर ३९ रुपियाँ ०२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५६ पैसा र बिक्रीदर ३८ रुपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ७२ पैसा र बिक्रीदर ३३ रुपियाँ ८६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९० पैसा र बिक्रीदर नौ रुपियाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५ रुपियाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०१ पैसा र बिक्रीदर २२ रुपियाँ ११ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २३ पैसा र बिक्रीदर १८ रुपियाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपियाँ ०६ पैसा र बिक्रीदर ४६४ रुपियाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ६७ पैसा र बिक्रीदर ३७७ रुपियाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६९ रुपियाँ ३८ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
 
                 
                     
                     
                                    
                                     
                            
                                                     
                                                         
                                                         
                                                         
                                                         
                                                        