काठमाडौँ- मुक्तिनाथ विकास बैङ्क वाणिज्य बैङ्कमा स्तरोन्नति हुने प्रक्रियामा गएको छ । यससँगै वाणिज्य बैङ्कको सङ्ख्या २० बाट २१ पुग्ने र विकास बैङ्क भने १७ बाट १६ मा झर्ने भएको छ ।
मुक्तिनाथ विकास बैङ्कले १९ औँ वार्षिक साधारण सभामार्फत वाणिज्य बैङ्कमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिएको छ । यस्तै साधारण सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरिएको छ ।
बैङ्कको लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहेको छ । साधारण सभाले बैङ्कको चुक्ता पुँजी नौ अर्ब तीन लाख ८८ हजार ७६७ रुपियाँ पु¥याउने निर्णय गरेको छ ।
बैङ्क सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न साधारण सभामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैङ्कको हालको अवस्था र भावी रणनीतिबारे जानकारी गराउनुभएको थियो ।