Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

शशांकमाथि राजेन्द्रको जवाफी ‘काउन्टर’- तीनवटा गाडी र दुई झोला पैसा बुझाएको थिएँ

शशांकमाथि राजेन्द्रको जवाफी ‘काउन्टर’- तीनवटा गाडी र दुई झोला पैसा बुझाएको थिएँ
अ+ अ-

काठमाडौं– ‘भिजिट भिसा सेटिङ’ मा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको भन्दै आफूमाथि कारबाही माग गरेपछि नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पूर्वमहामन्त्री डा. शशांक कोइरालामाथि जवाफी काउन्टर गरेका छन् ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने इतर समूहका तीन नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका शशांकमाथि बजगाईंले काउन्टर हमला गरेका हुन् ।

बजगाईंले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई आफूले तीनवटा गाडी, सुनको रोलेक्स घडी र दुई झोला पैसा घुसका रुपमा बुझाएको खुलासा सामाजिक सञ्जाल एक्समा गरेका छन् ।

बजगाईंले आफूमाथि कारबाही गर्नुपर्ने माग कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमै गर्ने पूर्वमहामन्त्री कोइरालाले तीनवटा गाडी, सुनको रोलेक्स घडी र दुई झोला पैसा घूस वापत लिएको आरोपसहित तस्बिर पनि सार्वनजिक गरेका छन् ।

कोइरालालाई गाडी हस्तान्तरण गर्दै गरेको फोटो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बजगांईले लेखेका छन्, ‘म चाहँदैनथेँ मलाई ती एसयुभी उपहारहरू (एउटा किया, दुईवटा महिन्द्रा), सुनको रोलेक्स घडी, नगदले भरिएका झोला, ‘घर मर्मत’ र राजनीतिक पद किनबेचबारे प्रश्न उठाउनु नपरेको भए कस्तो हुन्थ्यो ?’, बजगाईंले शशांकलाई लक्षित गर्दै भनेका छन्, ‘तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ ।’

यस प्रकरणमा उल्टै कोइरालामाथि स्पष्टीकरण सोधिनुपर्ने माग बजगाईंले गरेका छन् । बजगाईंले शशांकलाई घूसस्वरुप दिएका उपहारको विवरण सार्वजनिक गरिदिएपछि कांग्रेसभित्रको विवाद र किचलो व्यक्तिगत तहमा पुगेको छ ।

शशांकले के भनेका थिए ?

सोमबारको बैठकमा पूर्वमहामन्त्री डा. कोइरालाले इतर समूहको नेतृत्व गरिरहेका आफ्ना दाजु एवम् नेता डा. शेखर कोइरालासँगै सांसदहरू सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने कुरा सभापति शेरबहादुर देउवासँग राखेको बताएका थिए ।

‘हामीले के भन्यौँ भने सभापति शेरबहादुर देउवाजीलाई, तपाईंले उनीहरूलाई बोलाउनुस् र सोध्नुस् के भएको हो ? किन भने यसको त समाधान निकाल्नु पर्‍यो नि,’ कोइरालाले भनेका थिए, ‘एकापसमा मुठभेट गरेर कसको फाइदा हुन्छ ? कांग्रेसको त कहिल्यै फाइदा हुँदैन । त्यसैले उहाँलाई बोलाउन्सु, सोध्नुस्, स्पष्टीकरण माग्नुस् । शेखर डाक्टर सा’वसँग, सुनीलसँग, राजेन्द्र बजगाईंसँग ।’

तर, सभापति देउवाले यस विषयमा उनीहरूलाई पार्टीले स्पष्टीकरण सोध्नेबारे कुनै ठोस जवाफ भने नदिएकाए उनले बताएका थिए। ‘उहाँ (सभापति) ले हुन्छ, हुँदैन केही भन्नुभएन । हेर्छु भन्नुभयो,’ कोइरालाले भनेका थिए, ‘मलाई लाग्छ, त्यो गर्नु पर्छ ।’

अर्का नेता डा. शेखरले शनिबार गृहनगर विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव दिएका थिए । यस्तै सांसदद्वय शर्मा र बजगाईं पनि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

2