Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प

तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प
अ+ अ-

फुङलिङ- ७३ मेगावट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको उत्पादन करिब तीन साता अघिदेखि ठप्प भएको छ । ताप्लेजुङमा उत्पादन सुरु गरेका मध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको हो ।

पावर हाउस (विद्युत गृह) लगायतको क्षेत्रमा प्राविधिक समस्या उत्पन्न भएकाले विद्युत उत्पादन अवरुद्ध भएको जलविद्युत कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष मर्मतको कार्यतालिका समेत छुट्याइएको हुन्छ । मर्मतको कार्यतालिका नजिएकै समयमा प्राविधिक समस्या उत्पन्न भएकाले अहिले दुवै कार्य एकै पटक भइरहेको छ ।

केही उपकरणमा प्राविधिक समस्या उत्पन्न भएकै समयमा नियमित मर्मत तालिकाको कार्यलाई समेत सुरु गरिएकाले तत्कालै उत्पादनमा ढिलाइ भएको अधिकृत गौतमको भनाइ छ । हाल सम्पूर्ण सामग्री आइपुगिसकेको र मर्मतको कार्य जारी रहेको बताइएको छ । अबको केही दिनभित्र नै उत्पादन सुरु गर्ने गरि मर्मतको कार्यलाई तीव्र गतिमा जारी राखिएको गौतमले जानकारी दिनुभयो ।

जलविद्युतको उत्पादन करिब दुई वर्ष अघिदेखि सुरु भएको थियो । उत्पादित विद्युतलाई बसन्तपुर सवस्टेसन मार्फत केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ । मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु सबस्टेसनमा दुई सय २० केभिए क्षमताको मात्र उपकरण रहेकाले वसन्तपुर सवस्टेसन मार्फत जडान गरिएको हो ।

2