Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

दुर्घटना भएको विमानलाई दुई दिनपछि खोल्साबाट निकालियो

दुर्घटना भएको विमानलाई दुई दिनपछि खोल्साबाट निकालियो
A A+ A-

दमक- भद्रपुर विमान स्थलमा शुक्रबार राति ९:१० बजे रनवेबाट चिप्लिएको बुद्ध एयरको एटिआर–७२ विमानलाई सुरक्षित स्थानमा सार्ने तथा खोल्साबाट बाहिर निकाल्ने काम आइतबार भएको छ। विमान स्थलका प्रमुख किशोरकुमार खत्रीका अनुसार जहाज सार्न प्रारम्भमा प्रयोग गरिएका १३ टन क्षमताका दुई वटा क्रेन पर्याप्त नभएपछि आइतबार विराटनगरबाट ५० टन क्षमताको क्रेन मगाएर विमान तान्ने काम भएको हो।

काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटिआर–७२ जहाज अवतरणका क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भएर घाँसे झाडी हुँदै चिप्लिएर खोल्सामा पुगेको थियो। उक्त घटनामा परेर कोपाइलटसहित आधा दर्जन यात्रुहरू सामान्य घाइते बनेका थिए।

विमान अप्ठ्यारो स्थानमा रहेकाले शनिबार दिनभर खोल्सा पुर्ने र जहाज सार्ने पूर्व तयारीको काम गरिएको खत्रीले जानकारी दिनु भयो। आइतबार सुरक्षित स्थानमा राख्ने योजना अनुसार काम भएको उहाँले बताउनु भयो। शनिबार बिहानबाट भद्रपुर विमान स्थलमा नियमित उडान तथा अवतरणमा कुनै पनि समस्या छैन।

दुर्घटनाबारे र विमानको अवस्थाको विषयमा प्राविधिक तथा इन्जिनियर घटना स्थलमा खटिएर आवश्यक अध्ययन तथा प्राविधिक काम सुरु गरेको बताइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा प्राविधिक टोली आवश्यक उपकरणसहित विमान स्थल आएको छ।

2