Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

त्रिपुरासुन्दरीमा सञ्चालनमा आयो प्रयोगशाला

त्रिपुरासुन्दरीमा सञ्चालनमा आयो प्रयोगशाला
A A+ A-

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड)ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एंव उद्घाटन कार्यक्रमलाई मङ्गलबार सम्वोधन गर्दै  मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालन सँगै माटो, खेती, बाली तथा पशुपन्छीमा लाग्ने रोगको परिक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता सेवा केन्द्रहरुको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानका लागि महत्वपुर्ण उपलब्धी भएको उहाँको भनाइ थियो ।

किसानलाई आफनै गाँउ ठाँउमा सहज तरिकाले सेवा प्रदान होस भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ ,कृषि क्षेत्र सुधारका लागि हाम्रा थुप्रै अपेक्षा छन्, केहीको सम्बोधन बजेट मार्फत हुनेछ ।”

पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमावलीमै केही संशोधन समेत भएको चर्चा गर्दै मन्त्री अधिकारीले यसबाट मल खरिदमा लाग्ने समय केही छोटो हुनेछ, भन्नुभयो । समयमै मल किसानको बारीमा पुर्याउनका लागि आफुले प्रयास गरेको भए पनि किसानले मागे जति मल उपलब्ध हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले रासायनिक मल कम गर्दे प्राङ्गारिक मलको प्रवद्र्धनका लागि मन्त्रालयले कार्य गरिरहेको वताउनुभयो । धादिङको सल्यानटार आसपासमा कृषि अनुसन्धान परिषद (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको र यस कार्यका लागि पालिकालाई अग्रसरता लिन पनि मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।

त्रिपुरासुन्दरी गाँउपलिकाका अध्यक्ष राजु उप्रेतीले सेवा केन्द्र मार्फत वरपरका पालिकालाई समेत सेवा प्रदान गर्न सकिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । माटो लगायतको परिक्षणका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने र यसवाट कृषि उब्जनीमा वृद्धि हुने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा रिडका परियोजना निर्देशक डा चन्द्रप्रसाद रिसालले सेवा केन्द्रको सञ्चालन मार्फत किसानले आफनै पालिकामा एकै छानामुनी विशिष्ठिकृत सेवा प्राप्त गर्न सक्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका  विभिन्न पालिकाका पदाधिकारीले कृषिको उत्पादन र बजारीकरणमा मन्त्रालयको सहयोगको अपेक्षा गर्नुभयो ।

कुल रु दुई करोड त्रिचालीस लाखको लागतमा निर्माण सम्पन्न भई पालिकालाई हस्तान्तरण गरिएको सेवा केन्द्रमा कृषि तथा पशुपन्छीमा लाग्ने रोगका साथै माटो परिक्षणका लागि अत्याधुनिक प्रयोगशाला सहितको सुविधा रहेको छ । रिडले मध्य पहाडी लोकमार्गलाई आधारमानी विभिन्न पालिकाहरुमा अत्याधुनिक प्रयोगशालासहितको यस्ता कृषि तथा पशुपन्छी सेवा केन्द्रहरुको निर्माण गरि हस्तान्तरण गर्ने कार्य गरेको छ  ।

2