Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता
अ+ अ-

वासिङ्टन- एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निराशा छाएको छ ।

टोकियोको निक्की २२५ सूची ०.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.५ प्रतिशतले घटेको छ भने हङकङको हाङ सेनग ०.२ प्रतिशतले घटेको छ । शाङ्घाई सूची भने ०.२ प्रतिशतले बढेको छ । सुनको मूल्य पहिलो पटक प्रति तोलामा चार हजार ८०० डलर नाघेको छ । लगानीकर्ताले अनिश्चित समयमा सुरक्षित सम्पत्तिमा पैसा लगाउने प्रवृत्ति देखाएका छन् ।

अमेरिकी शेयर बजारमा उतार-चढाव

मङ्गलबार वॉल स्ट्रिटमा ठुला गिरावट आएपछि बुधबार अमेरिकी शेयर भविष्यका मूल्य केही बढेका छन् । एस एन्ड पी ५०० को भविष्य मूल्य ०.३ प्रतिशतले बढेको छ भने डाउ जोन्स औद्योगिक सूची ०.२ प्रतिशतले बढेको छ । मङ्गलबार एस एन्ड पी ५०० २.१ प्रतिशतले घटेर ६ हजार ७९६.८६ मा पुगेको थियो ।

ठुला कम्पनीको मूल्य घट्यो

एनभिडिया कम्पनीको शेयर ४.४ प्रतिशतले घटेको छ । एप्पल ३.५ प्रतिशतले घटेको छ । खुद्रा विक्रेता, बैँक र औद्योगिक कम्पनी पनि घाटामा रहेका छन् । जेपीमॉर्गन चेइस ३.१ प्रतिशत र क्याटरपिलर २.५ प्रतिशतले घटेको छ ।

अमेरिकी र जापानी नीतिगत बैठकको प्रतीक्षा

अमेरिकी फेडरल रिजर्भले अर्को हप्तामा आफ्नो नीतिगत बैठक गर्ने तय गरेको छ । बजारले अनुमान प्रमुख ब्याजदरमा कुनै परिवर्तन नहुने लगाएको छ । जापानको केन्द्रीय बैँकले शुक्रबार आफ्नो पहिलो मौद्रिक नीतिगत बैठक सम्पन्न गर्ने छ ।

तेल र मुद्रा बजारको स्थिति

तेल बजारमा अमेरिकी क्रूड तेल प्रति ब्यारेल ५६ सेन्टले घटेर ५९.८० डलरमा पुगेको छ । ब्रेन्ट क्रूड तेल ७० सेन्टले घटेर ६४.२२ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । विदेशी मुद्रा बजारमा अमेरिकी डलर जापानी येनको सापेक्ष १५८.०८ मा आएको छ भने युरो स्थिर रहि १.१७१९ डलरमा कारोबार भइरहेको छ । रासस/एपी

2