Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सात सय एकासी उद्योगमा एक खर्ब लगानी

सात सय एकासी उद्योगमा एक खर्ब लगानी
अ+ अ-

काठमाडौँ- मुलुकमा करिब आठ सय उद्योगमा एक खर्ब रुपियाँभन्दा बढी लगानी प्रस्ताव भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा स्वदेशी विदेशी ७८१ उद्योगमा एक खर्ब ३० अर्ब लगानी प्रस्ताव भएको उद्योग विभागले जनाएको छ ।

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि पुससम्म सो लगानी प्रस्ताव आएको हो । सो अवधिमा सबैभन्दा धेरै साना ७१२ वटा उद्योग दर्ता भएका छन् । मझौला उद्योग ३५ र ठुला उद्योग ३४ वटा दर्ता भएका छन् । साना उद्योग दर्ता गर्न सहज हुनुका साथै कम पुँजी लाग्ने भएकाले पनि लगानीकर्ता साना उद्योगमा बढी आकर्षित हुने गरेका हुन् ।मुलुकमा ७८१ उद्योग सञ्चालन भए ३२ हजार ६२७ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

विभागका अनुसार सो अवधिमा १६१ वटा विदेशी लगानी स्वीकृत भएका छन् । यस्तै स्वचालित मार्गबाट ३१४ सङ्ख्या विदेशी लगानी स्वीकृत भएको छ । छ महिनामा ३९ अर्ब २३ करोड रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । छ महिनामा ११३ वटा ट्रेडमार्कसम्बन्धी मुद्दा कारबाही परेका छन् । प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) ३८ भएका छन् । भारतमा रियायती निर्यातका लागि ३७ उत्पतिको प्रमाणपत्र सिफारिस भएको विभागले जनाएको छ ।

2