Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

स्वास्थ्य बिमा सुधार्न एकद्वार प्रणाली लागु गरौँः प्रधानमन्त्री

स्वास्थ्य बिमा सुधार्न एकद्वार प्रणाली लागु गरौँः प्रधानमन्त्री
अ+ अ-

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमामा एकद्वार प्रणाली लागु गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित स्वास्थ्य बिमासम्बन्धी छलफलमा प्रधानमन्त्री कार्कीले बिमितले तीन हजार पाँच सय रुपियाँ तिरेर स्वास्थ्य बिमा गरिसकेपछि उपचार गराउन सक्नुपर्ने बताउनुभयो ।

अन्य सामाजिक सुरक्षा कोषलगायत छरिएर रहेका स्वास्थ्य बिमा कार्यक्रमलाई एकद्वार प्रणालीमार्फत स्वास्थ्य बिमामा ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री कार्कीले राज्यले सक्ने मात्र जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले पहिले अध्ययन नगरी आज एउटा, भोलि अर्को निर्णय गर्दै जाँदा स्वास्थ्य बिमा योजना हाल जटिल मोडमा पुगेको भन्दै अब स्वास्थ्य बिमालाई सुधारेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य बिमालाई जसरी पनि अगाडि बढाउनुपर्ने बताउनुभयो । “स्वास्थ्य बिमा सञ्चालनका लागि जसरी पनि राज्यले रकम उपलब्ध गराउनु पर्छ । राज्यले अहिले आएर भुक्तानी नदिने भन्न मिल्दैन । परिवार चलाउनेक्रममा सङ्कट आइप¥यो भने गरगहना तथा थाल बेचेर भए पनि सङ्कट टार्ने र आफ्ना बालबालिकाको पालनपोषण गर्ने काम हुन्छ,” प्रधानमन्त्रीले थप्नुभयो, “अहिले बिमा सङ्कटमा छ भने त्यसलाई राज्यले जसरी पनि सञ्चालन गर्नु पर्छ । बिमितलाई उपचार गर्दिनँ भन्न पाइन्न ।”

स्वास्थ्य बिमालाई निरन्तर अगाडि बढाउनका लागि स्रोत साधन खोज्नुपर्ने र कानुनमा भएका विषयलाई लागु गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले स्वास्थ्य बिमामा सरकार जिम्मेवार बन्ने भन्दै अर्थमन्त्री बाहिरबाट आएपछि तत्काल यो विषयलाई समाधान गरिने जानकारी दिनुभयो । आर्थिक स्थिति कमजोर भएका वर्गलाई स्वास्थ्य बिमा कार्यक्रमले फाइदा पु¥याएको भन्दै उहाँले यसको नियमन आवश्यक रहेको बताउनुभयो ।

१६ लाख १७ हजार बिमितका लागि स्वास्थ्य बिमा कार्यक्रम धेरै राम्रो रहेका उल्लेख गर्दै उहाँले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधार्न आफू क्रियाशील रहेको बताउनुभयो ।

उहाँले सुर्ती कर कोषमा जम्मा भएको रकम स्वास्थ्य बिमामा ल्याउनुपर्ने भन्दै कानुनमा उक्त रकम ल्याउने व्यवस्था भए पनि अर्थ मन्त्रालयले हालसम्म उक्त रकम भुक्तानी नगरेको बताउनुभयो । कानुनमा सबै कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायत अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिलाई पनि स्वास्थ्य बिमामा ल्याउने भनिएको छ । उहाँले स्वास्थ्य बिमा कार्यक्रम सहज ढङ्गले सञ्चालन गर्न अर्थ मन्त्रालयले भुक्तानी नदिए बिमा कार्यक्रम बन्द गर्दा उपयुक्त हुने बताउनुभयो । यो वर्ष सरकारले दिएको १० अर्ब रुपियाँ गत वर्षको भुक्तानी तिर्दा सकिएको उहाँको भनाइ छ ।

मन्त्री शर्माले स्वास्थ्य मन्त्रालयबाट विभिन्न शीर्षकका खर्च कटाएर रकमान्तरका लागि लगेको ७० करोडको फाइलउपर पनि अर्थ मन्त्रालयले कुनै चासो नदेखाएको आरोप लगाउनुभयो । कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले स्वास्थ्य बिमा सञ्चालनका लागि सरकारले रकम उपलब्ध नगराए बन्द हुने अवस्था आएको बताउनुभयो । उहाँका अनुसार अझै सेवाप्रदायक संस्थालाई ११ अर्ब रकम भुक्तानी गर्न बाँकी रहेको छ । पौडेलले छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकत्रित गरी स्वास्थ्य बिमामा ल्याउनुपर्ने तथा औपचारिक क्षेत्रलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिनुपर्ने बताउनुभयो ।

2