Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

यातायात कार्यालयका अधिकृतसहित दुई जना घुससहित पक्राउ

यातायात कार्यालयका अधिकृतसहित दुई जना घुससहित पक्राउ
अ+ अ-

काठमाडौँ- मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवाल घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भेटुवालले सवारी सरुवा सहमति गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा उनीहरु नियन्त्रणमा लिइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले विचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार पाँच सय रुपियाँ घुस लिइसकेको अवस्थामा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ११ स्थित यातायात व्यवस्था कार्यालयबाट उनीहरु दुई जनालाई तीन थान मोबाइल सेटसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

2