Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

सुधारिँदै कर्णालीको आर्थिक सूचक

सुधारिँदै कर्णालीको आर्थिक सूचक
A A+ A-

सुर्खेत। कर्णाली प्रदेशले आर्थिक परिसूचकमा उल्लेख्य सुधार गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय वृद्धिदरभन्दा बढी रहने प्रक्षेपण गरिएको छ । राष्ट्रिय आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहँदा कर्णालीको ४.७४ प्रतिशत रहेको जानकारी राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँले सुर्खेतमा कर्णाली प्रदेशको प्रादेशिक लेखा अनुमान सार्वजनिक दिएको हो ।

यसै गरी कर्णालीको अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ उत्पादन दुई खर्ब ५५ अर्ब ५९ करोड हुने पनि अनुमान गरिएको छ तर यो प्रदेशगत आधारमा सबैभन्दा कम हो । राष्ट्रिय कुल गार्हस्थ उत्पादन ६१ खर्ब सात अर्ब पुग्ने प्रारम्भिक अनुमान छ ।

प्रादेशिक लेखा अनुमान सार्वजनिक गर्दै तथ्याङ्क समन्वय कार्यालय सुर्खेतका प्रमुख विनोद आचार्यले राष्ट्रिय आर्थिक वृद्धिदरभन्दा कर्णालीको वृद्धिदर केही माथि भएको जानकारी दिनुभयो । कर्णालीको आर्थिक वृद्धिदर र अर्थतन्त्रको आकार क्रमशः बढ्दै गएकाले सन्तोषजनक भएको उहाँले जनाउनुभयो ।

कर्णालीको विगत तीन वर्षको अवधिमा कुल गार्हस्थ उत्पादन वृद्धिदर बढ्दै गएको छ । आव २०७९/८० मा दुई खर्ब ३० अर्ब, आव २०८०/८१ मा दुई खर्ब ५० अर्ब र चालु आव २०८१/८२ मा दुई खर्ब ५५ अर्ब रहेको जानकारी उहाँले दिनुभयो । यस्तै देशको कुल गार्हस्थ उत्पादनमा कर्णालीको योगदान ४.२ प्रतिशत रहेको छ ।

कुल गार्हस्थ उत्पादनमा कर्णालीमा सेवा क्षेत्रको सबैभन्दा बढी योगदान छ । सेवा क्षेत्रको ५८.९ प्रतिशत, प्राथमिक क्षेत्रको ३१.७ प्रतिशत र द्वितीय क्षेत्रको ९.४ प्रतिशत योगदान छ । सेवा क्षेत्रमा आवास तथा भोजन, थोक तथा खुद्रा व्यापार, सूचना तथा सञ्चार, घरजग्गा कारोबार र अन्य सेवालाई राखिएको छ । प्राथमिक क्षेत्रमा कृषि, वन तथा मत्स्य, खानी तथा उत्खनन क्षेत्र पर्छ भने द्वितीय क्षेत्रमा उद्योग, कलकारखाना, विद्युत्, ग्यास, पानी, निर्माणलगायतका क्षेत्र पर्छन् । कर्णालीमा ठुला उद्योग कलकारखाना नभएकाले यहाँ सेवा क्षेत्र, कृषि, वन, खानी तथा खनिजको योगदान बढी छ ।

यसै गरी कुल गार्हस्थ उत्पादनको प्रतिव्यक्ति आयमा कर्णालीको एक हजार ८९ डलर रहेको जानकारी तथ्याङ्क समन्वय कार्यालय सुर्खेतका प्रमुख आचार्यले दिनुभयो । प्रतिव्यक्ति आय पनि तीन वर्षको तुलनामा बढेको छ । गत वर्ष एक हजार ७६ डलर थियो भने त्यसअघि एक हजार ३० डलर थियो । प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले प्रदेशको लेखा अनुमानले प्रदेशको आर्थिक अवस्था, अवसर र आगामी दिनमा गर्नुपर्ने कामबारेमा निर्देशन गर्ने बताउनुभयो ।

2