Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपाल आयो महिन्द्रा ‘जिओ’ इलेक्ट्रीक पीकअप

नेपाल आयो महिन्द्रा ‘जिओ’ इलेक्ट्रीक पीकअप
अ+ अ-

काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले नयाँ लाइट कमर्शियल इलेक्ट्रीक पीकअप नेपाल भित्रिएको छ। कम्पनीले बजेट लगत्तै बिक्री सुरु गर्ने योजनासहित पीकअप नेपाल ल्याएको हो । महिन्द्राको सहरी क्षेत्रमा ढुवानीको साधनको रुपमा प्रयोग हुने जीओ पीकअपमा २१।३ किलोवाट आवरको आइपी ६७ रेटेड ब्याट्री प्रयोग भएको छ । उक्त ब्याट्रीलाई फुल चार्जपछि गाडी १६० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

यसको रेन्ज धेरै आउन सबैभन्दा महत्वपूर्ण भूमिका ३० किलोवाटको मोटरले खेल्ने छ । सानो मोटर भएको कारण इनर्जी खपत पनि कम नै हुने कम्पनीको भनाइ छ । गाडीको पेलोड क्षमता पनि उत्कृष्ट छ । यसले ७६५ केजी सामान बोकेर सहजै यात्रा गर्न सक्छ । गाडीको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा छ । जुन सहरी क्षेत्रको लागि निकै उपयोगी हुनेछ ।

स्मार्ट गियर सिफ्टर रहेको जिओ पीकअपको टर्निङ रेडियस पनि उत्कृष्ट छ । ४।३ मिटर टर्निङ रेडियस भएको कारण यसलाई साँघुरा गल्लीहरुमा पनि सहजै घुमानउ सकिन्छ । पीकअपमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स र २५०० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । भारतमा विभिन्न ४ भेरियन्टमा जिओ पीकअप बिक्री हुँदै आएको छ । नेपाली बजारमा कुन कुन भेरियन्ट उपलब्ध हुन्छ भन्ने कम्पनीले जानकारी दिएको छैन । पीकअपको लम्बाई ४ मिटरभन्दा छोटो छ । २।२ मिटर कार्गो स्पेश पाइने गाडीलाई एसी र डिसी दुबै चार्जरको प्रयोगले चार्ज गर्न सकिन्छ । नेपाली बजारमा यो पिकअप २१ लाख हाराहारिमा बिक्री हुने अपेक्षा गरिएको छ ।

2