काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ २८ पैसा र बिक्रीदर १५० रुपियाँ ८८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५६ पैसा र बिक्रीदर १७६ रुपियाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपियाँ ८० पैसा र बिक्रीदर २०३ रुपियाँ ६१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपियाँ ३४ पैसा र बिक्रीदर १९२ रुपियाँ ११ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ३१ पैसा र बिक्रीदर १०७ रुपियाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ९३ पैसा र बिक्रीदर ११० रुपियाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ६७ पैसा र बिक्रीदर ११८ रुपियाँ १४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४१ पैसा र बिक्रीदर नौ रुपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ९९ पैसा र बिक्रीदर २२ रुपियाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ०७ पैसा र बिक्रीदर ४० रुपियाँ २३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ २२ पैसा र बिक्रीदर ४१ रुपियाँ ३९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६३ पैसा र बिक्रीदर चार रुपियाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ९२ पैसा र बिक्रीदर ४१ रुपियाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ९२ पैसा र बिक्रीदर ३८ रुपियाँ ०७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १४ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २६ पैसा र बिक्रीदर १६ रुपियाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४९ पैसा र बिक्रीदर २३ रुपियाँ ५९ पैसा तोकिएको छ ।
यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपियाँ १९ पैसा र बिक्रीदर १९ रुपियाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपियाँ १५ पैसा र बिक्रीदर ४९२ रुपियाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपियाँ ८३ पैसा र बिक्रीदर ३९९ रुपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपियाँ ३३ पैसा र बिक्रीदर ३९१ रुपियाँ ८९ पैसा तोकिएको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।