Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

सरकारले नयाँ कामको सुरुवात गरेको छ : प्रधानमन्त्री ओली

अ+ अ-

बनेपा- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नयाँ कामको थालनी गरेको बताउनुभएको छ । धुलिखेल अस्पताल परिसरमा निर्माण हुने धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारले नयाँ कामको थालनीका साथै पुराना कामहरु पूरा गर्दै अघि बढिरहेको उहाँले चर्चा गर्नुभयो । “सरकारले केही काम गरेन भनेर आलोचना गरिंदैछ, सरकारले थुप्रै काम सुरु गरेको छ, बिकास एकै दिनमा हुन्न, बिस्तारै हुँदैजान्छ, कुरा गर्न जस्तो सजिलो हुन्न, काम गर्न समय लाग्छ, काम गर्नका लागि सबैसँग हामी गर्छौ भन्ने भावना भने हुनुपर्छ” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कुनै पनि कुराको टिप्पणी गर्न धेरै मानिसको आवश्यकता नपर्ने भए पनि काम गर्नका लागि भने धेरै मानिस चाहिने बताउनुभयो । सरकार कामको सुरुवात गर्न, सुरु गरेका कामहरु सम्पन्न गर्न, आशामा नै भविश्य छ भन्ने कुरामा बिश्वास गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको कुराले सतर्क हुन सुझाएको चर्चा गर्नुभयो ।

उहाँले जापान नेपालको भरपर्दो मित्र देश र बिकासको भरपर्दो साझेदार देशको रुपमा रहेको पनि बताउनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले सरकारी तवरबाट मात्र स्वास्थ्य सेवा प्रदान गर्न सम्भव नभएको बताउँदै सरकारले सामुदायिक क्षेत्रबाट स्वास्थ्य सेवा दिने अस्पताललाई अनुदान दिनेगरी आगामी बर्षको कार्यक्रममा समाबेश गरिएको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राडा रामकण्ठ माकजुले २५ शैय्याबाट सुरु भएको अस्पताल ट्रमा सेन्टर बनाउने अवस्थामा पुगेको बताउनुभयो । उहाँले नेपालमा केही गर्न सकिन्न भन्ने मानसिकता भएका ब्यक्तिलाई केही गर्न सकिन्छ भन्ने उदाहरण हेर्न धुलिखेल आउन आग्रह गर्नुभयो । उहाँले अस्पतालले निर्माण गर्न लागेको ट्रमा तथा आकस्मिक केन्द्र निर्धारित समयमा नै पूरागरी सेवा सुरु गर्ने बताउनुभयो।

अरनिको राजमार्ग र बिपी राजमार्गले ओगट्ने भुभागको जनतालाई गम्भीर चोटपटक र आकस्मिक स्वास्थ्य समस्याको लागि उपयुक्त उपचार प्रदान गर्ने उद्देश्यले धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको निर्माण गर्न लागिएको हो । धुलिखेल अस्पतालले सन् २०१४ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई ट्रमा तथा आकस्मिक केन्द्र स्थापनको अवधारणा प्रस्तुत गरेको थियो ।

अस्पतालले गरेको प्रस्तुत गरेको प्रस्तावनाअनुसार विभिन्न चरणमा स्थलगत निरीक्षण, बैठकपछि सन् २०२३ अक्टोबर र सन् २०२५ अप्रील महिनामा नेपाल सरकार र जापान सरकारको रोहवरमा एकसय शैय्याको ट्रमा तथा आकस्मिक केन्द्र बनाउने सम्झौता भएको थियो । धुलिखेल ट्रमा र आकस्मिक केन्द्र निर्माणका लागि जाइका र स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयको प्रतिनिधिको उपस्थितिमा सन् २०२५ अप्रील महिनामा तोदा कर्पोरेसन जापानसँग सम्झौता भएको थियो । धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्र निर्माणको लागि जापान सरकारले तीन दशमलव ८७९ विलियन जापानी ऐन सहयोग उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

निर्माण कम्पनीले ट्रमा तथा आकस्मिक केन्द्रको निर्माण सन् २०२७ जुन महिनामा सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । निर्माण कम्पनीले ट्रमाको लागि भवनका साथै अस्पतालका लागि चाहिने अत्याधुनिक सिटि स्क्यान, एमआरआईम मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेसिनलगायतका उपकरण तथा बेडहरु हस्तान्तरण अस्पतालका प्राडा दिपक श्रेष्ठले बताउनुभयो ।

धुलिखेल अस्पताल ट्रमा तथा आकस्मिक केन्द्र सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुरका साथै विपी राजमार्गले जोड्ने तराईका जिल्लाका गम्भीर घाइते र आकस्मिक स्वास्थ्य उपचार तत्काल आवश्यक भएका बिरामीहरुले समयमा नै सेवा पाउनेछन् । ट्रमा सेन्टरमा विशेषगरी क्लिनिकल सेवा, प्रि–हस्पिटल केयर, ट्रमासम्बन्धी विशेषज्ञ डाक्टर, नर्स, पारामेडिक्स, ट्रमा केयर लिडर्सलगायतको जनशक्ति उत्पादन, रोकथाम र सचेतनाको कार्यक्रम समेत सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

2