Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

राष्ट्रिय आयोजना बैङ्कमा १३ सय २७ आयोजना, लागत नौ खर्ब २० अर्ब

राष्ट्रिय आयोजना बैङ्कमा १३ सय २७ आयोजना, लागत नौ खर्ब २० अर्ब
अ+ अ-

काठमाडौँ – राष्ट्रिय योजना आयोगले आफू मातहत रहेको आयोजना बैङ्कमा जेठ १३ गतेसम्म १३ सय २७ आयोजना प्रविष्ट भएको जनाएको छ ।

आयोगका अनुसार; यी सबै आयोजना सम्पन्न गर्न नौ खर्ब २० अर्ब रुपैयाँ लागत लाग्छ । जुन लागत नेपालको चालु आर्थिक वर्षको बजेटको आधा हिस्सा बराबरका हुन आउँछ ।

आयोगले आयोजना बैङ्कको अवधारणा सफलतापुर्वक कार्यान्वयन भएको पनि दाबी गरेको छ । आयोगले वि.सं. २०७६ देखि आयोगले आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली विकास गरी यसको अभ्यास गर्दै आएको छ ।

नेपालमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले राष्ट्रिय योजना आयोगमा राष्ट्रियस्तरको आयोजना बैङ्क रहने व्यवस्था छ । आयोगले राष्ट्रिय आयोजना बैंङ्क९कार्य सञ्चालन तथा व्यवस्थापन० मापदण्ड, २०८१ तर्जुमा सहित आयोजना बैङ्क प्रणालीमा स्तरोन्नति समेत गरी वि.सं. २०८१ को फागुनदेखि कार्यान्वयनमा ल्याएको थियो ।

वि.सं. २०८२ जेठ १३ गतेसम्म राष्ट्रिय आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणालीमा कुल १३२७ आयोजनाहरू प्रविष्ट भएका छन् ।

आयोगका अनुसार; कुल १३२७ आयोजनामध्ये तीन करोड रुपैयाँ लागत भएका ११४१ वटा आयोजना, तीनदेखि पाँच करोड रुपैयाँ लागत भएका ७९ वटा आयोजना, पाँचदेखि १० करोड रुपैयाँ लागत अनुमान भएका ४४ वटा आयोजना र १० करोडदेखि एक अर्ब रुपैयाँसम्मका २३ वटा आयोजना प्रविष्ट भएका हुन् ।

एक अर्ब रुपैयाँभन्दा बढी लागत भएका कुल ४० आयोजनामध्ये बैङ्कमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सबैभन्दा बढी १९ वटा आयोजना प्रविष्ट गरेको छ । दोस्रोमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ११ आयोजना प्रविष्ट भएका छन् ।

प्रविष्ट भएका १३२७ आयोजनाको अनुमानित कुल लागत नौ खर्ब २० अर्ब रुपैयाँ रहेको आयोगले जानकारी दिएको हो । जसमध्ये नयाँ आयोजनाको लागत ९७ अर्ब १९ करोड, क्रमागत आयोजनाको ८ खर्ब २३ अर्ब र अध्ययनका आयोजनाको ३२ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको आयोगले जनाएको छ ।

बैङ्कमा प्रविष्ट भएकामध्ये ११७ (८.८१ प्रतिशत) नयाँ आयोजना, ८९ (६.७० प्रतिशत) क्रमागत आयोजना र ११२१ (८४.४७ प्रतिशत) अध्ययन क्रममा रहेका आयोजना छन् ।

कुल प्रविष्ट भएका आयोजनामध्ये शहरी विकास मन्त्रालयका ११४७ (८६.५८ प्रतिशत), भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका ८२ (६.१७ प्रतिशत), गृह मन्त्रालयका ६१ (४.५९ प्रतिशत) आयोजना रहेका छन् । विभिन्न मन्त्रालयका एक अर्ब रुपैयाँभन्दा कम लागत भएका १२८७ आयोजना र एक अर्ब रुपैयाँभन्दा लागत भएका ४० वटा आयोजनाहरू प्रविष्ट भएका हुन् ।

आयोगले राष्ट्रिय आयोजना बैङ्क (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ को दफा ४ उपदफा (२) मा तीन करोड रुपैयाँभन्दा बढी लागत भएका आयोजना मात्र आयोजना बैङ्कमा प्रविष्ट गर्नुपर्ने, तर चालु प्रकृतिका तथा सालबसाली रूपमा कार्यान्वयन हुने आयोजना प्रवृष्टि गर्नु नपर्ने व्यवस्था रहेको छ ।

यस प्रावधानको कार्यान्वयनले सार्वजनिक वित्त व्यवस्थापनमा कुशलता हासिल हुने, पुँजीगत खर्च क्षमतामा सुधार आउने अपेक्षा गरिएको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ का लगि राष्ट्रिय आयोजना बैङ्कमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना प्रविष्ट भएका नभएको पनि आयोगले जानकारी दिएको छ ।

न्यूनतम तीन करोड रुपैयाँसम्मका आयोजनाहरू संघबाट कार्यान्वयन गर्दा संघीयताको मर्म स्थापित हुने र संघ सरकार प्रदेश, र स्थानीय सरकारको कार्य क्षेत्रमा प्रवेश नगर्ने आशा गरिएको आयोगले जनाएको छ ।

राष्ट्रिय आयोजना बैङ्क (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ बमोजिम आयोजना बैङ्कमा प्रविष्ट भएका आयोजनालाई नयाँ वर्षको मध्यमकालीन खर्च संरचना र बजेटमा समावेश गर्दा प्राथमिकता दिनुपर्ने व्यवस्था रहेको छ ।

यस आर्थिक वर्ष देखि आयोजना बैङ्क तथा मध्यमकालीन खर्च संरचनाका विषयवस्तुलाई आन्तरआबद्धता गरिएको छ। त्यस्तै; आयोजना बैङ्कमा प्रविष्ट भएका आयोजना कार्यान्वयन हुन नसकेमा त्यसता आयोजना स्वतः निष्कृय हुने र त्यस्ता आयोजनालाई आयोगले आयोजना बैङ्कको सूचीबाट हटाउन सकिने आयोगले जनाएको छ ।

आयोगका अनुसार; आयोजनाको परिभाषाभित्र नपर्ने, संघीय सरकारले प्रदेश र स्थानीय सरकारद्वारा कार्यान्वयन गर्ने सशर्तका आयोजनाहरू, प्रदेश वा स्थानीय सरकार आफैँले कार्यान्वयन गर्ने आयोजनाहरूमा न्यूनतम तीन करोड रुपैयाँको सीमा लागु नहुने पनि आयोगले जानकारी दिएको छ ।

2