काठमाडौँ- गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा १ हजारले घटेको छ भने चाँदीको मोल भने २५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार ३०० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन २ लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी ५ हजार २७५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।