काठमाडौँ- नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २० पैसा र बिक्रीदर १५२ रुपियाँ ८० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७९ रुपियाँ २० पैसा र बिक्रीदर १७९ रुपियाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ १७ पैसा र बिक्रीदर १०७ रुपियाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपियाँ ६० पैसा र बिक्रीदर १९६ रुपियाँ ३८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपियाँ ३० पैसा र बिक्रीदर ११० रुपियाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपियाँ ४० पैसा र बिक्रीदर १११ रुपियाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ९२ पैसा र बिक्रीदर १२० रुपियाँ ३९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर नौ रुपियाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ३९ पैसा र बिक्रीदर २२ रुपियाँ ४८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ५७ पैसा र बिक्रीदर ४० रुपियाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७५ पैसा र बिक्रीदर ४१ रुपियाँ ९२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ७० पैसा र बिक्रीदर चार रुपियाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४४ पैसा र बिक्रीदर ४१ रुपियाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ८० पैसा र बिक्रीदर ३८ रुपियाँ ९५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ३४ पैसा र बिक्रीदर १० रुपियाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४८ पैसा र बिक्रीदर १६ रुपियाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ९८ पैसा र बिक्रीदर २४ रुपियाँ आठ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपियाँ ४४ पैसा र बिक्रीदर १९ रुपियाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपियाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपियाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपियाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपियाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपियाँ ८८ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।