Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
A A+ A-

काठमाडौं- नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।

नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापित कोष र बैंकबीच कर्मचारीहरूको सामाजिक सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले सो सम्झौता गरिएको हो ।

उक्त सम्झौतापत्रमा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार अब लक्ष्मी सनराइज बैंकका कर्मचारीहरूको योगदानमा आधारित वा नभएको उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन नागरिक लगानी कोषले गर्नेछ ।

यस प्रक्रियाअन्तर्गत कोषले बैंकका कर्मचारीहरूको व्यक्तिगत अभिलेख तथा खाता तयार गरी सम्बन्धित कर्मचारीलाई परिचय पत्र प्रदान गर्नेछ । बैंकबाट मासिक र वार्षिक रूपमा कोष कट्टी गरी प्राप्त भएको रकम र विवरणका आधारमा सम्बन्धित कर्मचारी वा बैंकको खाता अद्यावधिक गर्ने जिम्मेवारी समेत कोषले सम्हाल्ने छ ।

यसैगरी बैंकको सिफारिसमा सेवा निवृत्त कर्मचारीहरूलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले मिलाउने सम्झौतामा उल्लेख छ । बैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवं कार्यविधिमा तोकिए बमोजिमको ब्याज, प्रतिफल तथा अन्य विविध सेवा–सुविधाहरू प्राप्त गर्नेछन् । कोषले अवकाश प्राप्त वा सेवा निवृत्त भएका कर्मचारीहरूलाई नियमानुसार लाग्ने कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ ।

सम्झौता कार्यान्वयनका लागि लक्ष्मी सनराइज बैंकले आफ्ना कर्मचारीहरूको विस्तृत विवरण कोषलाई उपलब्ध गराउनुपर्नेछ । साथै, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने र सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्ने कार्य बैंकले गर्ने गरी दुई पक्षबीच सहमति भएको छ ।

2