Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

वीरगन्ज भन्सारबाट लक्ष्यको ८९.२४ प्रतिशत राजस्व असुली

वीरगन्ज भन्सारबाट लक्ष्यको ८९.२४ प्रतिशत राजस्व असुली
A A+ A-

वीरगन्ज – वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई खर्ब ४३ अर्ब ९६ करोड ४५ लाख ८४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । आव २०८२/८३ का लागि दुई खर्ब ७३ अर्ब ३९ करोड ४७ लाख ९५ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य पाएकोमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ८९.२४ प्रतिशत राजस्व असुली गरेको हो ।

आव २०८१/८२ मा दुई खर्ब २५ अर्ब ७३ करोड ४९ लाख ३१ हजार रुपियाँ राजस्व असुली गरेको कार्यालयले आव २०८२/८३ मा १८ अर्ब २२ करोड ९६ लाख ५३ हजार रुपियाँले बढोत्तरी गर्दै गरेको हो ।

वीरगन्ज भन्सार कार्यालयले आव २०८२/८३ को १२ महिनाका लागि भन्सार विभागले दिएको राजस्व सङ्कलनको गर्ने लक्ष्य कुनै पनि महिनामा भेट्याउन सकेको छैन । साउनमा लक्ष्यको ८७.९ प्रतिशत, भदौमा ९४.०४ प्रतिशत, असोजमा ८४.५६ प्रतिशत, कात्तिकमा ७३.३३ प्रतिशत, मङ्सिरमा ९७.५१ प्रतिशत, पुसमा ९१.८४ प्रतिशत, माघमा ८८.८८ प्रतिशत, फागुनमा ९०.०३ प्रतिशत, चैतमा ९४.९६ प्रतिशत, वैशाखमा ९१.३४ प्रतिशत, जेठमा ८५.८१ प्रतिशत र असारमा ९१.७४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगन्ज भन्सार कार्यालयको राजस्वमा सबैभन्दा बढी योगदान दिने पेट्रोलियम पदार्थको आयात घट्नु, गाडी आयातमा पनि इभी बढे पनि अन्य गाडी आयात घट्नु र व्यापार वृद्धि कम हुनु जस्ता कारणले कार्यालयले घोषित लक्ष्य नभेटेको हो ।

पहिले पर्सा जिल्लामा वीरगन्ज भन्सार कार्यालय तथा सुक्खा बन्दरगाह भन्सार कार्यालय गरी दुई वटा भन्सार कार्यालय रहेकोमा २०८२ साउन १ गतेदेखि एकआपसमा गाभिएर एउटै वीरगन्ज भन्सार कार्यालय रहेको छ । यस वीरगन्ज भन्सार कार्यालयका मटिअर्वा, सिर्सिया, पिपरपाती, सिम्रौनगढ, भिस्वा अमृतधारा (ठोरी), कवही, कचोर्वा, अलौ, गाढप्रसौनी र जानकीटोला गरी ११ वटा छोटी भन्सार कार्यालय छन् ।

भन्सार विभागले राजस्व असुलीका लागि तोकेको कुल लक्ष्यको करिब ४६ देखि ४८ प्रतिशत राजस्व असुली गरी रहेको वीरगन्ज भन्सार कार्यालय भएर छिमेकी मुलुक भारतका अतिरिक्त तेस्रो मुलुकसँग आयातनिर्यात हुने गरेको छ । वीरगन्ज नाका भएर सवारीसाधन तथा त्यसका पाटपुर्जा, पेट्रोलियम पदार्थ, एलोपेथिक औषधी, इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा, खाद्यान्न, प्लास्टिकका कच्चा पदार्थ, फलामे छड डन्डी, पाइप, तयारी कपडा, हल्का पेय पदार्थ, औद्योगिक मेसिनरी तथा कच्चा पदार्थ, कोइला आदि आयात हुने गरेका छन् ।

त्यसरी नै वीरगन्ज नाका भएर भटमासको प्रशोधित तेल, सूर्यमुखीको प्रशोधित तेल, फलफूलको जुस, फलाम तथा फलामका सामग्री, सेन्थेटिक यार्न, विभिन्न किसिमका कपडा, पशु आहारको कच्चा पदार्थ पिना, चोकर, भुस, आयुर्वेदिक औषधी, कुकुर वा बिरालोको खानाका रूपमा प्रयोग हुने विभिन्न मालवस्तु आदि निकासी हुने गरेका छन् ।

2