Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

गृह र रक्षामन्त्रीमा काबिल नेतृत्व नियुक्त गरेर सम्भावित दुर्घटना रोकौँ : रवि किरण हमाल

गृह र रक्षामन्त्रीमा काबिल नेतृत्व नियुक्त गरेर सम्भावित दुर्घटना रोकौँ : रवि किरण हमाल
A A+ A-

काठमाडौं । जेन–जेड आन्दोलनका नेता रवि किरण हमालले पूर्वी तराईमा विकसित हुँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल सक्षम नेतृत्वमार्फत सुरक्षा संयन्त्र सुदृढ बनाउन आग्रह गरेका छन्।

उनले पूर्वी तराईको अवस्था नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिन थालेको दाबी गर्दै सरकार परिस्थितिप्रति आवश्यक गम्भीरता नदेखाएको आरोप लगाए। उनका अनुसार देशको आन्तरिक सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिहरूमा अनुभव, दूरदृष्टि र संकट व्यवस्थापन क्षमता स्पष्ट रूपमा देखिन नसकेको अवस्था छ।

हमालले अयोग्य र कमजोर नेतृत्वका कारण देश अस्थिरता र गम्भीर सुरक्षा संकटतर्फ धकेलिन सक्ने चेतावनी दिँदै सरकार समयमै नजागे त्यसको सम्पूर्ण राजनीतिक र नैतिक जिम्मेवारी सरकारले नै वहन गर्नुपर्ने बताए। “त्यतिबेलासम्म अवस्था भयावह भइसकेको हुन सक्छ,” उनले उल्लेख गरेका छन्।

उनले तत्काल सर्वपक्षीय तथा सर्वदलीय राष्ट्रिय संवाद सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै गृह मन्त्रालय र रक्षा मन्त्रालयको नेतृत्व सक्षम, अनुभवी र परिणाममुखी व्यक्तिलाई सुम्पिन आग्रह गरेका छन्। आवश्यक परे संसदबाहिरबाट समेत योग्य व्यक्तिलाई नियुक्त गरेर राष्ट्रिय सुरक्षा सुदृढ बनाउनुपर्ने उनको धारणा छ।

“राष्ट्रको सुरक्षा कुनै राजनीतिक भागबण्डा गर्ने विषय होइन, न त अनुभवहीन व्यक्तिको अभ्यास गर्ने थलो हो,” हमालले भनेका छन्। बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सक्षम नेतृत्व, स्पष्ट रणनीति र प्रभावकारी निर्णय आवश्यक रहेको उनको भनाइ छ।

सरकारले समयमै आवश्यक राजनीतिक निर्णय लिन नसके इतिहासले वर्तमान नेतृत्वको लापरवाहीलाई क्षमा नगर्ने चेतावनी पनि उनले दिएका छन्।

2