Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

अर्थतन्त्रमा कृषिको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको घट्यो

अर्थतन्त्रमा कृषिको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको घट्यो
A A+ A-

काठमाडौँ – मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान वृद्धि हुँदा उद्योग र सेवा क्षेत्रको योगदान घटेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा पेस गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ अनुसार चालु आर्थिक वर्षमा जिडिपीमा कृषिको योगदान वृद्धि हुने देखिएको हो ।

“चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ,” आर्थिक सर्वेक्षणमा भनिएको छ । गत आर्थिक वर्ष जिडिपीमा कृषि क्षेत्रको योगदान २४.७१, उद्योगको १२.९१ र सेवा क्षेत्रको ६२.३८ प्रतिशत थियो । कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान उच्च देखिन्छ ।

कृषि, विद्युत् तथा ग्यास, यातायात तथा भण्डारणलगायतका क्षेत्रमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.६७ प्रतिशत थियो ।

आर्थिक सर्वेक्षणअनुसार चालु आवमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान छ । चालु आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ५.५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम ३.३२ प्रतिशत रहने अनुमान छ । त्यसैगरी कोशीको ३.३६, मधेशको ४.५०, बागमतीको ५.१८, लुम्बिनीको ४.७० प्रतिशत र कर्णाली प्रदेशको ४.७४ प्रतिशत रहने अनुमान छ ।

आर्थिक सर्वेक्षणअनुसार चालु आवमा कृषि क्षेत्रको उत्पादन ३.२८ र गैरकृषि क्षेत्रको उत्पादन ४.२८ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको उत्पादन ३।३५ र गैरकृषि क्षेत्रको उत्पादन ३.३६ प्रतिशतले बढेको थियो । यस वर्ष धानको उत्पादन ४।०४ प्रतिशतले बढ्ने अनुमान छ ।

कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश उच्च रहेको छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा ९३.७८ प्रतिशत रहेको कुल उपभोग चालु आर्थिक वर्ष ९३.४५ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ६.२२ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष ६.५५ प्रतिशत पुग्ने अनुमान छ ।

आर्थिक वर्ष २०८०/८१ मा कुल स्थिर लगानी ५.२ प्रतिशतले वृद्धि भएकामा चालु आवमा ५.८ प्रतिशतले बढेर रु १४ खर्ब ७० अर्ब १२ करोड पुग्ने अनुमान छ । कुल स्थिर लगानीमध्ये सार्वजनिक क्षेत्रको हिस्सा ३९.१ प्रतिशत र निजी क्षेत्रको हिस्सा ६०.९ प्रतिशत रहेको छ ।

चालु आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय (प्रचलित मूल्यमा) ५.८ प्रतिशतले वृद्धि भइ रु दुई लाख छ हजार ४२४ पुग्ने अनुमान छ । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार ४६७ अमेरिकी डलर रहेकामा चालु आर्थिक वर्षमा एक हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको कमी, छिमेकी मुलुकको मुद्रास्फीतिमा आएको कमीलगायतका कारण चालु आवको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो मुद्रास्फीति ६.०८ प्रतिशत थियो ।

2