Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

कार्यसम्पादन र कर्जा असुलीमा असफल भएपछि प्रभु बैंकका रमेशकुमार श्रेष्ठको धनगढी सरुवा

अ+ अ-

काठमाडौं: प्रभु बैंक लिमिटेडले प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रमेश कुमार श्रेष्ठलाई धनगढी सरुवा गरेको छ। बैंकको वरिष्ठ व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका श्रेष्ठको जिम्मेवारी घटाएर उनलाई नयाँ भूमिकामा पठाइएको छ, जसलाई बैंकभित्र असामान्य कदमका रूपमा हेरिएको छ।

बैंक स्रोतका अनुसार श्रेष्ठको कार्यसम्पादन, विशेषगरी ठूला कर्जा तथा खराब कर्जाको प्रभावकारी असुलीमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको कारण उनको जिम्मेवारी घटाइएको हो। उनले बैंकको कर्जा असुली, विशेषगरी ठूला ऋणीहरूको रिकभरीलाई प्राथमिकतामा राखेर काम गरे पनि उल्लेखनीय सफलता हासिल गर्न नसकेको आरोप छ।

श्रेष्ठ यसअघि सेञ्चुरी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका थिए। प्रभु बैंकसँग सेञ्चुरी बैंक मर्ज भएपछि उनलाई प्रभु बैंकले प्रमुख व्यवस्थापकको जिम्मेवारी दिएको थियो र पछि उनी सीबीओ बनेका थिए।

बैंकभित्र श्रेष्ठमाथि लामो समयदेखि विभिन्न विवादास्पद आरोप लाग्दै आएका थिए। उनीमाथि गोपनीय सूचना बाहिरिएको, बैंकको वरिष्ठ नेतृत्वविरुद्ध समूहबन्दी गरेको तथा संस्थाभित्र विभिन्न गुट सिर्जना गरेको आरोप लगाएका छन्।

तत्कालीन सेञ्चुरी बैंकमा प्रमुख व्यवस्थापक रहँदा अमेरिकी डलर ५ लाख ८२ हजार २ सय ६७ बराबर रकम अपचलन प्रकरणमा लापरबाही र बदनियत देखिएको भन्दै नेपाल राष्ट्र बैंकले श्रेष्ठ र तत्कालीन नायब प्रमुख कार्यकारी अधिकृत जीवनकुमार भट्टराईमाथि कारबाही गरेको थियो।

बैंकका कर्मचारीहरूका अनुसार श्रेष्ठले ठूला ऋणी तथा खराब कर्जाको व्यवस्थापनमा अपेक्षित परिणाम दिन सकेनन्। केही कर्मचारीले उनी ठूला ऋणीहरूसँग अत्यधिक निकट भएको तथा त्यसले बैंकको हितमा प्रतिकूल प्रभाव पारेको आरोप लगाएका छन्।

बैंकभित्रका कर्मचारीहरूका अनुसार संस्थाको हितभन्दा व्यक्तिगत स्वार्थ हाबी हुन थालेपछि र बैंकको साख जोगाउन आवश्यक ठानिएपछि श्रेष्ठलाई सरुवा गर्ने निर्णय भएको हो। साथै नयाँ प्रमुख कार्यकारी अधिकृत शर्माको नेतृत्वमा समेत बैंकले व्यवसाय विस्तार, ठूला कर्जा व्यवस्थापन र प्रभावकारी कर्जा असुलीमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको कर्मचारीहरूको भनाइ छ।

2