Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

निर्जीवन बीमामा मोटर बीमाको दबदबा, कुल प्रिमियमको झण्डै ३०% हिस्सा

निर्जीवन बीमामा मोटर बीमाको दबदबा, कुल प्रिमियमको झण्डै ३०% हिस्सा
अ+ अ-

काठमाडौं: नेपालका निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर बीमाको वर्चस्व कायम रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको ५१ अर्ब ९२ करोड रुपैयाँ कुल बीमाशुल्कमध्ये १५ अर्ब ४९ करोड रुपैयाँ (२९.८२ प्रतिशत) मोटर बीमाबाट आएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।

अनिवार्य तेस्रो पक्ष (थर्ड पार्टी) बीमा, सवारीसाधनको संख्या वृद्धि, सवारी कर्जाको विस्तार र उच्च नवीकरण दरका कारण मोटर बीमा निर्जीवन बीमा कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत बनेको हो। तर, विश्लेषकहरूले मोटर बीमामाथिको अत्यधिक निर्भरता दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्ने भन्दै सम्पत्ति, कृषि, स्वास्थ्य र विपद् जोखिमसम्बन्धी बीमामा विस्तार आवश्यक रहेको बताएका छन्।

सरकारले चालु आर्थिक वर्षदेखि तेस्रो पक्ष बीमाको क्षतिपूर्ति सीमा ५ लाखबाट १० लाख रुपैयाँ पुर्‍याएसँगै प्रिमियम दर पनि बढेको छ। यसले निर्जीवन बीमा कम्पनीहरूको प्रिमियम संकलन र व्यवसाय विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। तर, बढ्दो दाबी दायित्व व्यवस्थापनसँगै जोखिम व्यवस्थापनलाई पनि समान रूपमा सुदृढ बनाउनुपर्ने विज्ञहरूको सुझाव छ।

2