काठमाडौं — साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट आएको छ। उतारचढावका बीच नेप्से परिसूचक १.२० अंकले घटेर २,६८४.३३ विन्दुमा सीमित भएको छ।
बजारमा सूचीकृत १३ उपसमूहमध्ये ८ वटामा हरियाली छाए पनि केही प्रमुख समूहमा आएको दबाबका कारण समग्र बजार सामान्य अंकले ओरालो लागेको हो। आज ३४९ कम्पनीका १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो, जसको २७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। नाफा-घाटाको हिसाबले एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशतले कमाउँदा सर्वाधिक कारोबार भएको रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ७.४० प्रतिशतले सर्वाधिक गुमाएका छन्। आज कुल १२६ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ र ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
