Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

रोजगारी दिने तयारी

अ+ अ-

काठमाडौँ। सरकारले सुकुमवासी व्यवस्थापनका क्रममा विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले होल्डिङ सेन्टर रहेका बेरोजगार युवालाई उनीहरूलाई आवश्यक सिप सिकाएर रोजगारी दिने निर्णय गरेको हो ।

श्रम मन्त्रालयका अनुसार पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र अव्यवस्थित बसोबास तथा सुकुमवासी समस्या समाधान समितिका प्रतिनिधिको सहभागिता रहेको उक्त बैठकमा सुकुमवासीको सिप र इच्छाका आधारमा रोजगारी दिने विषयमा छलफल भएको थियो । बैठकमा भक्तपुरका खरीपाटी, बोडे तथा चाँगुनारायण, काठमाडौँको रानीवन र काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ युवालाई रोजगारी तथा तालिम आवश्यकता मूल्याङ्कनको नतिजा प्रस्तुत गरिएको थियो ।

2