Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

कक्षा १२ पूरक परीक्षामा ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

अ+ अ-

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले साउन २ र ३ गते सञ्चालन गरेको परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो।

बोर्डका अनुसार परीक्षामा सहभागी कुल ७१ हजार ३१० विद्यार्थीमध्ये ५८ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यससँगै समग्र उत्तीर्णदर ८१.१९ प्रतिशत पुगेको छ।

यस्तै, परीक्षामा सहभागी तीन जना परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार परीक्षाफल आफ्नो आधिकारिक वेबसाइट, एसएमएस सेवा तथा आईभीआर सेवामार्फत हेर्न सकिनेछ।

2