udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

निजी क्षेत्रलाई रणनीतिक साझेदार बनाउन पूर्वका उद्योगीले गभर्नरलाई बुझाए ११ बुँदे सुझाव

निजी क्षेत्रलाई रणनीतिक साझेदार बनाउन पूर्वका उद्योगीले गभर्नरलाई बुझाए ११ बुँदे सुझाव
A A+ A-

विराटनगर । आर्थिक तथा वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलसमक्ष विराटनगरका उद्योगी व्यवसायीले मुलुकको वर्तमान आर्थिक सुस्तता सम्बोधनका लागि ११ बुँदे नीतिगत सुझाव पेश गरेका छन् ।

शुक्रबार विराटनगरस्थित राष्ट्र बैंकको प्रदेश कार्यालयमा आयोजित छलफलमा नेपाल उद्योग परिसंघ कोशी, मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पदाधिकारीहरूले निजी क्षेत्रलाई राज्यको नियमनको विषय मात्र नबनाई आर्थिक विकासको रणनीतिक साझेदारका रूपमा स्थापित गर्न माग गरेका हुन् ।

उद्योगीहरूले निजी क्षेत्रलाई साझेदार बनाउन सके मात्र मुलुकको दिगो आर्थिक वृद्धि, रोजगारी विस्तार र समृद्धिको लक्ष्य हासिल हुन सक्ने धारणा गभर्नर समक्ष राखेका छन् ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले बुझाएको सुझावमा हाल मुलुकमा ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि नयाँ लगानी आकर्षित हुन नसक्नु चिन्ताको विषय भएको उल्लेख छ ।

यसले समस्या केवल ब्याजदरमा मात्र नभई लगानीमैत्री वातावरण, नीतिगत स्थायित्व र निजी क्षेत्रप्रतिको अविश्वासमा रहेको पुष्टि गर्ने भन्दै लगानीकर्ताको आत्मविश्वास बढाउने गरी नीतिगत पहल गर्न आग्रह गरिएको छ ।

विशेषगरी स्वदेशमै उत्पादित विद्युतमा लगाइएको भ्याटका कारण उद्योगहरूको चालु पुँजीमा अनावश्यक दबाब परेको र यसले उत्पादन लागत बढाएर नेपाली उद्योगहरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएकाले यस विषयमा तत्काल पुनरावलोकन हुनुपर्ने माग उद्योगीहरूको छ ।

बढ्दो मूल्यवृद्धिको चापबाट उद्योग र उपभोक्ता दुवैलाई बचाउन आगामी मौद्रिक नीतिले उत्पादन वृद्धि, आपूर्ति व्यवस्थापन र उत्पादकत्व अभिवृद्धि गर्ने नीतिलाई प्राथमिकता दिनुपर्ने सुझावमा समेटिएको छ ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि उत्पादनशील क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि र निर्यातमुखी उद्योगमा अपेक्षित कर्जा विस्तार हुन नसकेकाले ती क्षेत्रमा सहुलियतपूर्ण वित्तीय पहुँच सुनिश्चित गर्ने भरपर्दो नीति बनाउन राष्ट्र बैंकलाई सुझाइएको छ ।

साथै, बैंक र निजी क्षेत्रबीचको आपसी अविश्वास अन्त्य गर्न र समस्या समाधानका लागि स्थायी संवाद संयन्त्र निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उद्योगीहरूले जोड दिएका छन् ।

मौद्रिक नीति तथा नियामक व्यवस्थामा बारम्बार हुने परिवर्तनले लगानीकर्तामा अन्योल सिर्जना गर्ने गरेकाले दीर्घकालीन लगानी प्रवद्र्धनका लागि नीतिगत स्थायित्व र पर्याप्त संक्रमणकालसहितको कार्यान्वयन आवश्यक देखिएको छ ।

वित्तीय सुशासन कायम गर्ने नाममा उद्योगी–व्यवसायी वा बैंकिङ क्षेत्रका पदाधिकारीमाथि पर्याप्त अनुसन्धान र कसुर प्रमाणित नहुँदै सार्वजनिक रूपमा कारबाहीको प्रक्रिया अघि बढाउँदा प्रतिष्ठा र मनोबलमा नकारात्मक असर पर्ने भन्दै उद्योगीहरूले जोखिममा आधारित अनुसन्धान पद्धति विकास गर्न माग गरेका छन् ।

निष्पक्ष कानुनी प्रक्रियापछि मात्र वास्तविक कसुरदारलाई कारबाही गर्ने प्रणाली संस्थागत गर्न राष्ट्र बैंकले समन्वयकारी भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ ।

विदेशी मुद्रा आर्जन गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई लक्षित गरी सहुलियतपूर्ण कर्जा, पुनर्वित्त र प्रोत्साहनात्मक मौद्रिक व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

संकुचित आर्थिक गतिविधिलाई पुनर्जीवित गर्न संकटग्रस्त उद्योगका लागि कर्जा पुनर्संरचना, कार्यशील पुँजी व्यवस्थापन र पुनरतालिकाीकरण जस्ता व्यावहारिक कदम चाल्न आग्रह गरिएको छ ।

यसैगरी, उद्योगका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने चाँदी तथा अन्य धातुजन्य पदार्थको आयात सीमा अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिका आधारमा पुनरावलोकन गरी बढाउनुपर्ने माग सरोकारवालाहरूले राखेका छन् ।

आर्थिक तथा बैंकिङ क्षेत्रका समस्या समयमै समाधान गर्न नेपाल सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूबीच नियमित उच्चस्तरीय त्रिपक्षीय संवाद संयन्त्र स्थापना गर्नुपर्नेमा पूर्वका उद्योगीहरूको विशेष जोड छ ।

यस्तो संयन्त्रले नीतिगत निर्णयहरूलाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको विश्वास छ ।

केवल ब्याजदर घटाउनु मात्र वर्तमान आर्थिक चुनौतीको समाधान नभएको जिकिर गर्दै उद्योगीहरूले लगानीकर्ताको विश्वास, नीतिगत स्थायित्व, उत्पादनमूलक अर्थतन्त्र र निजी क्षेत्रसँगको सहकार्य नै आर्थिक पुनरुत्थानको मुख्य आधार हुनुपर्ने सुझाव गभर्नर पौडेललाई दिएका छन् ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action