Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

एआईसँगै बढ्दै बालबालिकाको निर्भरता, गोपनीयता र सुरक्षामा चुनौती !

अ+ अ-

काठमाडौं। कृत्रिम बौद्धिकता (एआई)को प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला बालबालिका तथा किशोरकिशोरीमा यसको बढ्दो निर्भरताले गोपनीयता र सुरक्षासँग सम्बन्धित जोखिमसमेत बढाएको छ।

अस्ट्रेलियामा गरिएको एक सर्वेक्षणअनुसार १० देखि १७ वर्ष उमेर समूहका ७८ प्रतिशत बालबालिका तथा किशोरकिशोरीले च्याटजीपीटी, जेमिनी र क्लाउडजस्ता एआई सहायक प्रयोग गरिसकेका छन्। उनीहरूले पढाइ, गृहकार्य र विभिन्न जानकारी खोज्न एआईको प्रयोग गर्ने गरेको पाइएको छ। तीमध्ये करिब २० प्रतिशतले दैनिक रूपमा एआई प्रयोग गर्छन्।

तर एआईको प्रयोग अध्ययन र मनोरञ्जनमा मात्र सीमित छैन। सर्वेक्षणमा सहभागी ५४ प्रतिशतले व्यक्तिगत कामका लागि समेत एआई प्रयोग गर्ने गरेको बताएका छन्। त्यसमध्ये ३३ प्रतिशतले शारीरिक स्वास्थ्यसम्बन्धी सल्लाह लिन, ३३ प्रतिशतले अप्ठ्यारो परिस्थितिमा के गर्ने भन्नेबारे सुझाव लिन र २० प्रतिशतले मानसिक स्वास्थ्यका विषयमा एआईसँग कुराकानी गर्ने गरेको बताएका छन्।

करिब १० प्रतिशत बालबालिकाले रोमान्टिक संवाद गर्न सक्ने ‘एआई साथी’समेत प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाएको छ। विशेषगरी अपांगता भएका बालबालिका तथा एलजीबीटीक्यूआईए युवाहरू यस्ता एआई साथीप्रति बढी आकर्षित हुने गरेको पाइएको छ।

गोपनीयताको जोखिम

बालबालिकाले स्वास्थ्य, भावना तथा व्यक्तिगत समस्याबारे एआईसँग कुराकानी गर्दा उनीहरूले अनजानमै संवेदनशील व्यक्तिगत विवरणसमेत साझा गर्न सक्छन्। सर्वेक्षणअनुसार करिब एक तिहाइ बालबालिकाले एआईसमक्ष निजी जानकारी खुलाएका छन्।

तर एआई सेवा प्रदायक कम्पनीहरूसँग चिकित्सक वा मनोचिकित्सकले जस्तै प्रयोगकर्ताको गोपनीयता अनिवार्य रूपमा संरक्षण गर्नुपर्ने कानुनी दायित्व नहुन सक्छ। त्यसैले एआईसँग गरिएका कुराकानी र साझा गरिएका व्यक्तिगत विवरण सधैँ सुरक्षित रहन्छन् भन्ने सुनिश्चितता नहुने जोखिम छ।

साझा गरिएका विवरण एआई प्रणालीलाई थप परिष्कृत बनाउन प्रयोग हुन सक्ने सम्भावना पनि रहन्छ। यसले बालबालिकाको गोपनीयता र व्यक्तिगत सुरक्षामाथि थप प्रश्न खडा गरेको छ।

हानिकारक सामग्रीको जोखिम

एआईको प्रयोगले बालबालिकालाई गलत सूचना, अनुपयुक्त भाषा तथा अन्य हानिकारक सामग्रीको सम्पर्कमा पुर्‍याउने जोखिम पनि बढाएको छ। सर्वेक्षणमा सहभागी करिब २० प्रतिशत बालबालिकाले एआई प्रयोगका क्रममा नराम्रो अनुभव भएको बताएका छन्।

कतिपय अवस्थामा एआई च्याटबटले रुखो भाषा प्रयोग गर्ने, कुनै जाति वा समुदायप्रति घृणाजन्य धारणा प्रस्तुत गर्ने वा प्रयोगकर्ताको सोचलाई गलत दिशातर्फ लैजाने प्रतिक्रिया दिन सक्ने देखिएको छ।

एआईले मानिसको भावना र वास्तविक परिस्थितिलाई मानिसले जस्तो बुझ्न सक्दैन। यसले उपलब्ध तथ्य तथा सूचनाका आधारमा उत्तर तयार गर्ने भएकाले कहिलेकाहीँ गलत, अपूर्ण वा भ्रामक जानकारीलाई समेत विश्वसनीय शैलीमा प्रस्तुत गर्न सक्छ।

विशेषगरी बालबालिकाले एआईलाई वास्तविक मानिसजस्तै बुद्धिमान र भरपर्दो ठान्ने भएकाले यस्तो जोखिम अझ गम्भीर हुन सक्छ। गलत जानकारीलाई सही ठानेर त्यसैअनुसार निर्णय गर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले बालबालिकालाई एआईका सीमाबारे बुझाउनु आवश्यक देखिन्छ।

अभिभावक र शिक्षकको भूमिका

डिजिटल युगमा एआईलाई बालबालिकाबाट पूर्ण रूपमा टाढा राख्न सम्भव नहुन सक्छ। त्यसैले यसको सुरक्षित र जिम्मेवार प्रयोगबारे उनीहरूलाई सिकाउनु अहिलेको मुख्य आवश्यकता बनेको छ।

अभिभावकले बालबालिकासँग एआईको प्रयोगबारे खुलेर संवाद गर्नुपर्ने देखिन्छ। उनीहरूले कुन एआई प्रयोग गरिरहेका छन्, त्यसको प्रयोग सुरक्षित छ कि छैन र त्यसमा कस्ता व्यक्तिगत विवरण साझा गरिरहेका छन् भन्नेबारे अभिभावकले चासो राख्नुपर्छ।

बालबालिकाले एआई प्रयोग गर्दा कुनै गलत, असहज वा अनुपयुक्त अनुभव गरेमा निर्धक्क भएर अभिभावक वा शिक्षकसँग कुरा गर्न सक्ने वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण छ।

एआईलाई केवल प्रविधिका रूपमा प्रयोग गर्नु भन्दा यसको सम्भावना र जोखिम दुवै बुझेर अघि बढ्नु आवश्यक छ। बालबालिकाको सुरक्षित भविष्यका लागि अभिभावक, शिक्षक, प्रविधि कम्पनी र राज्य सबैले एआईको जिम्मेवार प्रयोगबारे निरन्तर संवाद र सचेतना बढाउनुपर्ने देखिन्छ।

स्रोतः द पायोनियर। लेखक टमा लिभर कार्टिन विश्वविद्यालयमा इन्टरनेट अध्ययनका प्राध्यापक हुन्।

2