Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पीडित सहकारी बचत कर्तालाई रकम फिर्ता गर्न चक्रिय कोष स्थापना गर्ने

पीडित सहकारी बचत कर्तालाई रकम फिर्ता गर्न चक्रिय कोष स्थापना गर्ने
अ+ अ-

काठमाडौँ-  सरकारले भूमिसम्बन्धी कानुनमा संशोधन गरी भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या स्थायी रुपमा समाधान गर्ने भएको छ । आर्थिक वर्ष ०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँकाअनुसार आागमी आर्थिक वर्षभित्र लागत सङ्कलन र प्रमाणीकरण गरी पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उलब्ध गराइनेछ । यसका लागि स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो । सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक गरिने बताउनुभयो ।

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचत कर्तालाई फिर्ता गर्न चक्रिय कोष स्थापनाका लागि बीउ पुँजीको व्यवस्था गरिएको बताउनुभयो । सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने बताउनुभयो । समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति एवम् राहदानी रोक्का राख्ने जानकारी दिनुभयो ।

2