udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अफगानिस्तानमा सुन उत्खनन बढ्दा स्थानीयको जनजीवन प्रभावित

अफगानिस्तानमा सुन उत्खनन बढ्दा स्थानीयको जनजीवन प्रभावित
A A+ A-

एजेन्सी । अफगानिस्तानको उत्तरपूर्वी बदख्शान प्रान्तमा सुनको खोजीले पहाडको स्वरूप मात्र बदलेको छैन, स्थानीयको पानी, खेती र पशुपालनसमेत प्रभावित भएको छ। कुनै समय गाउँले र गाईवस्तुका लागि चरन क्षेत्र रहेका पहाड अहिले दर्जनौं उत्खननकर्ता र भारी उपकरणको भीडले भरिएका छन्।

प्रान्तीय राजधानी फैजाबादबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा पर्ने शिवा क्षेत्रमा देशका विभिन्न भागबाट आएका खानी मजदुर र लगानीकर्ताले सुन उत्खनन गरिरहेका छन्। बेरोजगारीका कारण रोजगारी खोज्दै आएका मजदुरका लागि यो क्षेत्र आम्दानीको अवसर बनेको छ। तर स्थानीय बासिन्दाका लागि सुनको यही दौड वातावरणीय क्षति र जीविकोपार्जनको संकट बन्दै गएको छ।

पुल–ए–जिरी वान उपत्यकाका ७४ वर्षीय किसान मोहम्मद अमिन यसको प्रत्यक्ष पीडित हुन्। उनी भन्छन्, केही वर्षअघिसम्म नदी गहिरो र पानी सफा थियो। अहिले खानी उत्खननका कारण नदीको पानी पिउन र शरीर धुनसमेत नसकिने भएको छ।

नदी किनारको घाँस हराएको छ। हावा र धुलोका कारण खेती गर्न कठिन भएको छ। पहिले ४० वटासम्म बाख्रा पाल्ने अमिन अहिले बढीमा १५ वटा बाख्रा पाल्न सक्ने अवस्थामा छन्।

उनले आफ्नो जग्गा खानी कम्पनीलाई २० हजार अमेरिकी डलरमा भाडामा दिने सम्झौता गरेका थिए। तर कम्पनीले आधा रकम मात्र दिएको र काम रोकिएपछि जमिनलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता पनि पूरा नगरेको उनको गुनासो छ।

खानी विस्तारले रोजगारी बढायो, क्षति पनि गहिरियो

तालिबान सत्तामा फर्किएपछि राज्यको आम्दानी बढाउने उद्देश्यले अफगानिस्तानका प्राकृतिक स्रोतको उत्खनन तीव्र पारिएको छ। बदख्शानको खानी विभागका प्रमुख अब्दुल मतीन रहिमजाईका अनुसार प्रान्तमा करिब ६५० देखि ७०० कम्पनी दर्ता भएका छन् र हजारौं मानिस हातैले खानीमा काम गरिरहेका छन्।

विश्व बैंकको मे महिनाको एक रिपोर्टअनुसार सन् २०२१ यता अफगानिस्तानमा सयौं खानी सम्झौता भएका छन् र वास्तविक आर्थिक वृद्धिदर वार्षिक औसत २५ देखि ३० प्रतिशत रहेको छ।

बदख्शानको शिवा क्षेत्रमा उत्खनन अस्थायी रूपमा रोकिए पनि नजिकैको गुलाक–दारा उपत्यकामा दर्जनौं उत्खननकर्ता पहाडका पाखा खोतलिरहेका छन्।

अफगानिस्तानमा रोजगारीको अभाव भएकाले सुन खानीले देशका विभिन्न भागबाट कामदार तानेको छ। काबुलका मोहम्मद आगा ख्वाजा खेल पाँच वर्षदेखि खानीमा काम गरिरहेका छन्। ट्रकमा सुन निकाल्ने सामग्री ओसारेर उनले महिनामा करिब १० हजार अफगानी कमाउने बताएका छन्।

जलालाबादबाट आएका ३२ वर्षीय शफिउल्लाह एहसासले पनि आफ्नो एक्साभेटर बदख्शान ल्याएका छन्। उनका अनुसार जलालाबादमा सुन उत्खननको काम सुरु नभएकाले रोजगारीको खोजीमा मेसिनसहित बदख्शान आउनुपरेको हो। उनी महिनामा करिब २५ हजार अफगानी कमाउँछन्।

तर रोजगारी र आम्दानीको विस्तारसँगै खानी क्षेत्रमा नियमनको प्रश्न पनि उठेको छ। खानी तथा पेट्रोलियम मन्त्रालयका प्रवक्ता हमयुन अफगानका अनुसार विगतमा खनिज स्रोत अनियमित रूपमा निकालिन्थ्यो र अघिल्लो सरकारको पालामा पर्याप्त निगरानी थिएन। अहिले मन्त्रालयले उद्योगलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।

उत्तरी क्षेत्रमा सुन उत्खनन तीव्र बनेको छ। छिमेकी ताखार प्रान्तमा अफगान कम्पनीले चिनियाँ साझेदारसँग मिलेर खानी सञ्चालन गरिरहेको छ।

सुनको होडमा स्थानीयको जीवन संकटमा

अफगानिस्तान एनालिस्ट नेटवर्कका अनुसन्धानकर्ता फाब्रिजियो फोस्चिनीका अनुसार विगतका दशकमा युद्धका क्रममा खानी उत्खननबाट मुख्यतः विद्रोही समूह, तालिबान र भ्रष्ट सरकारी अधिकारीसँग सम्बन्धित स्थानीय शक्तिशाली समूह लाभान्वित भएका थिए।

अहिले खानी कम्पनीमाथि उत्पादनअनुसार कर लगाउने व्यवस्था गरिएको छ। कम्पनीलाई प्रति हेक्टर प्रतिमहिना २० ग्राम सुन वा सो बराबरको नगद कर तिर्नुपर्ने व्यवस्था छ।

करिब १०० मजदुर र २० वटा उत्खनन मेसिन सञ्चालन गर्ने एक खानी कम्पनीका व्यवस्थापक मोहम्मदउल्लाह मुबारिजका अनुसार उनको टोलीले एक सातामा २०० देखि ३०० ग्रामसम्म सुन निकाल्न सक्छ। तर अप्रिलदेखि सुरु भएको प्रारम्भिक खर्चका कारण कम्पनी अझै घाटामा रहेको उनको दाबी छ।

बदख्शानका खानी विभाग प्रमुख रहिमजाईका अनुसार गत वर्ष सरकारले प्रान्तबाट ११२ किलोग्राम सुन संकलन गरेको थियो। एएफपीसँग कुरा गरेका खानी मजदुरका अनुसार उनीहरूले सुन प्रतिग्राम करिब ११८ डलरमा बिक्री गर्दै आएका छन्।

तर यही उत्खननले शिवा क्षेत्रको ठूलो भूभागमा गम्भीर क्षति पुर्‍याएको छ। रहिमजाईका अनुसार गत वर्ष धेरै खानी दर्ताबिनै सञ्चालनमा थिए र तिनबाट शुल्क उठाउने व्यवस्थित प्रणालीसमेत थिएन। त्यसपछि उनले क्षति पुगेका शिवासहित करिब २२५ खानी स्थल बन्द गर्न आदेश दिएका छन्।

उनका अनुसार शिवा क्षेत्रमा एउटा पुल, पसल र विद्यालयसमेत बाढीको पानी, माटो र भग्नावशेषले पुरिएका छन्। खानी उत्खनन र त्यसबाट सिर्जित भौगोलिक परिवर्तनका कारण क्षेत्र खण्डहरमा परिणत भएको उनको भनाइ छ।

सरकारी अधिकारीले खानीबाट हुने आम्दानी राज्यको ढुकुटी बढाउन र प्राकृतिक स्रोतको उचित उपयोगमा लगाउने दाबी गरिरहेका छन्। तर बदख्शानका केही क्षेत्रमा सुनको उत्खननले स्थानीयका लागि त्यसको उल्टो परिणाम देखाइरहेको छ।

शिवाबाट केही किलोमिटर टाढा अझै खानी उत्खनन नपुगेका क्षेत्रमा स्थानीय गोठाला भने आफ्नो चरन क्षेत्र जोगिइरहोस् भन्ने चाहन्छन्।

सुरक्षाका कारण पहिलो नाम मात्र खुलाएका ४५ वर्षीय फाजिल हरेक गर्मीयाममा बाल्यकालदेखि नै आफ्नो बथान लिएर पहाडमा पुग्छन्। उनका लागि ती पहाड सुनभन्दा फरक अर्थ राख्छन्।

‘यो मानिसहरूका लागि, पिकनिकका लागि र गाईवस्तु चराउने ठाउँ हो,’ उनी भन्छन्। उनको निष्कर्ष स्थानीयको असन्तुष्टिको सार हो, सुनको उद्योगले गाउँलेको जीवन सहज बनाएको छैन, बरु यसबाट शक्तिशाली समूहले मात्रै बढी लाभ उठाइरहेका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action