Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

क्रिस्टल कञ्चनजंघाले ल्यायो मार्जिन ट्रेडिङ, ३०% लगानीमै ७०% सम्म ऋण

क्रिस्टल कञ्चनजंघाले ल्यायो मार्जिन ट्रेडिङ, ३०% लगानीमै ७०% सम्म ऋण
A A+ A-

काठमाडौं, साउन २५ । स्टक ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिले लगानीकर्ताका लागि मार्जिन ट्रेडिङ सुविधा सञ्चालनमा ल्याएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय व्यवस्था र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको प्रक्रियाअनुसार आजदेखि सेवा सुरु गरेको हो।

मार्जिन ट्रेडिङ सुविधामार्फत योग्य लगानीकर्ताले प्रारम्भिक मार्जिन रकम जम्मा गरेर कम्पनीमार्फत योग्य सूचीकृत कम्पनीका सेयर खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार मार्जिन ट्रेडिङ लिन चाहने लगानीकर्ताले आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई आवेदन दिनुपर्नेछ। त्यसपछि कम्पनीसँग आवश्यक सम्झौता गरेर मात्रै सुविधा लिन सकिनेछ।

३०% आफ्नै पैसा, ७०% सम्म ब्रोकरको ऋण

क्रिस्टल कञ्चनजंघाले ३० प्रतिशत प्रारम्भिक मार्जिन र ७० प्रतिशतसम्म मार्जिन ऋणको व्यवस्था गरेको छ। अर्थात् सेयर खरिदका लागि आवश्यक कुल रकमको ३० प्रतिशत लगानीकर्ताले आफैं जुटाए पुग्नेछ भने बाँकी ७० प्रतिशतसम्म कम्पनीबाट ऋण लिन सक्नेछन्।

उदाहरणका लागि १० लाख रुपैयाँ बराबरको सेयर खरिद गर्नुपरेमा लगानीकर्ताले ३ लाख रुपैयाँ आफैं लगानी गरेर बाँकी ७ लाख रुपैयाँसम्म मार्जिन ऋण लिन सक्नेछन्।

कम्पनीका अनुसार मार्जिन ट्रेडिङअन्तर्गत १० लाखदेखि २ करोड रुपैयाँसम्मको कारोबार सीमा तोकिएको छ। कारोबार सीमाअनुसार मार्जिन ऋणको रकम भने ७ लाख रुपैयाँदेखि अधिकतम १ करोड ४० लाख रुपैयाँसम्म हुनेछ।

६ महिनासम्मको सुविधा, ब्याज र शुल्क लाग्ने

मार्जिन ऋणमा ब्याजसँगै प्रशासनिक शुल्कसमेत लाग्ने कम्पनीले जनाएको छ। कम्पनीले सार्वजनिक गरेको शुल्क तालिकामा ३०, ६०, ९०, १२०, १५० र १८० दिनसम्मका लागि लाग्ने कुल शुल्क उल्लेख गरिएको छ।

कम्पनीले पहिलो ३० दिनपछि प्रत्येक थप ३० दिनको अवधिका लागि शुल्कमा १ प्रतिशत छुट दिने व्यवस्था गरेको जनाएको छ।

मार्जिन ट्रेडिङ सुविधा लिन लगानीकर्ताले कम्पनीले तोकेको योग्यता पूरा गर्नुका साथै आवश्यक कागजात पेस गर्नुपर्नेछ।

कम्पनीका अनुसार सेवा प्रचलित कानुन, नियामकीय व्यवस्था तथा कम्पनीको आन्तरिक जोखिम व्यवस्थापन नीतिअनुसार सञ्चालन हुनेछ। मार्जिन ट्रेडिङमार्फत लगानीकर्ताले आफ्नो उपलब्ध पुँजीभन्दा ठूलो रकममा सेयर कारोबार गर्न सक्ने भए पनि ऋणमा ब्याज तथा शुल्क लाग्ने भएकाले लगानीकर्ताले जोखिम र लागतलाई ध्यानमा राखेर सुविधा प्रयोग गर्नुपर्ने हुन्छ।

2