Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह, स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण

अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह, स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
A A+ A-

चितवन। जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्याउन सहजिकरण गरेको छ।

असाहय, अशक्त, अपाङ्, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पुर्याइएको हो। गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुर, पूर्वी चितवन तथा पश्चिम चितवन क्षेत्रमा ती ग्यास सिलिण्डर वितरण गरिएको छ। ग्यासको अभाव भएका आश्रमहरुमा समेत आश्रममा नै ग्यास पुर्याइएको हो।

उद्योगबाट ग्यास आउने, डिपोमा पुग्ने र डिपोबाट आम उपभोक्ताकोमा सहजरुपमा नपुग्ने गरेको गुनासो आएसँगै स्थानीय प्रशासनले ग्यास उद्योगदेखि खुद्रा व्यापारी सम्मकोमा अनुगमन गर्न सुरु गरेको उनले जानकारी दिए।

उद्योगीले ग्यास प्रयाप्त मात्रामा झारेको बताए पनि उपभोक्ता लाइनमा बस्नुपर्ने बाध्यता देखिएका कारण उद्योगदेखि वितरणसम्मको अनुगमन गर्न लागिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा लागेको हो।

जिल्लामा मासिक एक लाख २० हजार सिलिण्डर आवश्यक पर्ने भए पनि अहिले दैनिक छदेखि सात हजार हाराहारी वितरण हुँदा असहज भएकाले बजार अनुगमन सुरु गरिएको अर्यालले बताए।

अहिले जिल्लामा साईबाबा, बाबा र नेपाल ग्याँस उद्योग रहेका छन्। ती उद्योगबाट यहाँका डिलरमा नियमित ग्याँस पठाउँदै आइएको छ। बाबाग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार यहाँका उद्योगहरुले चितवनसहित विभिन्न जिल्लाहरुमा ग्यास पठाउँदै आएका छन्।

भरिएकामध्ये आधा चितवनमा र आधा बाहिर पठाइएको उनले बताए। बुलेटले ग्यास भर्दै आएको भारतको दुर्गापुरको रिफाइनरीमा समस्या आएपछि पारादीपबाट ग्यास भर्ने गरिएको छ।

कालाखेतीका अनुसार दुर्गापुर दुई दिनमा पुगिन्छ भने पारादीप पुग्न चार दिन लाग्छ। त्यस्तै ग्याँस दिइरहेको बरौजी रिफाइनरीले समेत कम ग्याँस दिएको र माग बढेकाले समसया भएको हो।

उनले भने, “केही समयलाई आधा सिलिण्डर भर्ने वा बरौजीबाट दिइने कोटा केही दिनलाई वढाउन सके समस्याको समाधान हुन्छ।” आवश्यकमात्रै सिलिण्डर साट्न र भण्डारण नगरेमा छिट्टै समाधान हुने उनले बताए।

2