udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अटोबाट राजस्व असुल्ने सरकारी नीति बदल्नुपर्छ, एसेम्ब्लिङका लागि छुट्टै नीति चाहिन्छ : अन्जन श्रेष्ठ

अटोबाट राजस्व असुल्ने सरकारी नीति बदल्नुपर्छ, एसेम्ब्लिङका लागि छुट्टै नीति चाहिन्छ : अन्जन श्रेष्ठ
A A+ A-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई राजस्व उठाउने माध्यमका रूपमा मात्र हेर्न नहुने बताएका छन् । सवारीसाधनलाई विलासी वस्तुको सूचीमा राख्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

भृकुटीमण्डपमा सुरु भएको नाइमा अटो एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले सवारीसाधनलाई विलासिताको वस्तु नभई आर्थिक गतिविधि र दैनिक जीवनसँग जोडिएको आवश्यक साधनका रूपमा बुझ्नुपर्ने बताए ।

‘यसलाई अति आवश्यक सवारीसाधनका रूपमा हेर्न जरुरी छ, विलासी वस्तुका रूपमा होइन,’ उनले भने, ‘सवारी आयातमा संसारकै सबैभन्दा महँगो भन्सार दर नेपालमा छ । चालू आर्थिक वर्षको बजेटमा समेत भन्सार दर बढाइएको छ ।’

श्रेष्ठले नेपालमै सवारीसाधन एसेम्ब्लिङ उद्योग विस्तार गर्ने हो भने आयातित सवारी र स्वदेशमै उत्पादन हुने सवारीलाई एउटै नीतिले हेर्न नहुने बताए । एसेम्ब्लिङ उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी र लगानीयोग्य बनाउन सरकारले छुट्टै स्पष्ट र स्थिर नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

उनले अटोमोबाइल क्षेत्रको विकासलाई कर र भन्सारसँग मात्र जोडेर हेर्न नहुने बताए । निजी क्षेत्रको लगानी आकर्षित गर्न कर तथा औद्योगिक नीतिमा दीर्घकालीन स्थिरता आवश्यक रहेको उनले बताए ।

सडक दुर्घटना न्यूनीकरणको जिम्मेवारी सवारीसाधन र चालकलाई मात्र थोपर्न नहुने श्रेष्ठले बताए । सुरक्षित यातायातका लागि गुणस्तरीय सडक, पूर्वाधार र प्रभावकारी यातायात व्यवस्थापनमा समेत सरकारले समान प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

सार्वजनिक सवारीसाधनको दर्ता रोकिएको विषयमा समेत उनले सरकारको ध्यानाकर्षण गराए । सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने हो भने त्यसअनुसारको स्पष्ट नीति र कार्यान्वयन आवश्यक रहेको उनले बताए ।

सरकारले बन्द तथा समस्याग्रस्त उद्योग सञ्चालनका लागि थालेको पहल सकारात्मक भए पनि अझै धेरै उद्योग बन्द अवस्थामा रहेको श्रेष्ठले बताए ।

‘सरकारले प्रयास गर्‍यो, राम्रो हो । तर हेटौँडा कपडा उद्योगजस्ता धेरै उद्योग बन्द छन् । त्यतातर्फ खै सरकारको ध्यान गएको ?’ उनले प्रश्न गरे ।

उनले स्वदेशी उत्पादन बढाउने, निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने र नेपालमा अटो एसेम्ब्लिङ उद्योगको आधार बलियो बनाउने हो भने सरकारको कर, भन्सार र औद्योगिक नीति दीर्घकालीन तथा स्थिर हुनुपर्नेमा जोड दिए ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action