Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

तीन महिनामा डीडीसीको कायापलट, किसानको बक्यौता आधा !

तीन महिनामा डीडीसीको कायापलट,  किसानको बक्यौता आधा !
A A+ A-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेठ ४ गते सामाजिक सञ्जालमा डीडीसीको चीज खाँदै गरेको तस्बिर सार्वजनिक गरेपछि सरकारी दुग्ध संस्थानको उत्पादनबारे एकाएक चर्चा बढ्यो । सामान्यतया सरकारी संस्थानको उत्पादनभन्दा निजी ब्रान्डको प्रचार बढी देखिने बजारमा प्रधानमन्त्रीकै पोस्टले डीडीसीको ब्रान्डलाई फेरि उपभोक्ताको नजरमा ल्याइदियो ।

तर प्रधानमन्त्रीको पोस्टलाई मात्रै डीडीसीको सुधारको कारण मान्न मिल्दैन । पछिल्ला तीन महिनामा संस्थानले बिक्री बढाउने, मौज्दात घटाउने, खर्च नियन्त्रण गर्ने र बक्यौता उठाउने रणनीति एकैसाथ अघि बढाएपछि किसानलाई तिर्न बाँकी रकममा उल्लेख्य कमी आएको दाबी गरिएको छ ।

कृषि वन तथा वातावरणमन्त्री गीता चौधरीको नेतृत्वमा संस्थानले अघि बढाएको सुधार योजनाअनुसार करिब तीन महिनामा किसानलाई तिर्न बाँकी रकम ७२ करोड रुपैयाँबाट घटेर करिब ३५ करोडमा झरेको छ । मन्त्रालयका अनुसार अब भुक्तानीको दूरी सात महिनाबाट घटाएर दुईदेखि तीन महिनामा ल्याइएको छ र आगामी चरणमा एक महिनामा सीमित गर्ने लक्ष्य राखिएको छ ।

६० लाखको दैनिक कारोबार ९० लाखमा

डीडीसीले बिक्री बढाउन मौज्दातमा थन्किएको दुग्धजन्य पदार्थलाई बजारमा पठाउने रणनीति अघि सारेको छ । संस्थानसँग करिब ६ सय टन धुलो दूध र ४५० टन मखन मौज्दात रहेकोमा त्यसलाई बिक्रीमार्फत घटाइएको मन्त्रालयको दाबी छ ।

यसको प्रत्यक्ष प्रभाव दैनिक कारोबारमा परेको छ । दैनिक बिक्री आम्दानी करिब ६० लाख रुपैयाँबाट बढाएर ९० लाख रुपैयाँसम्म पुर्‍याइएको दाबी गरिएको छ । थप भएको आम्दानीको रकम किसानको बक्यौता भुक्तानीमा प्रयोग गरिएको मन्त्रालयले जनाएको छ ।

यसलाई केवल बिक्री बढेको तथ्यका रूपमा मात्र हेर्न मिल्दैन । डीडीसीको मूल उद्देश्य नै किसानबाट दूध संकलन गरेर त्यसको बजार सुनिश्चित गर्नु हो । संस्थानले देशभर ४५ जिल्लाका २०० हजारभन्दा बढी दूध उत्पादकबाट करिब ६ करोड लिटर दूध वार्षिक संकलन गर्ने जनाएको छ । दूध करिब १ हजार २०० सहकारीमार्फत संकलन हुँदै आएको छ ।

त्यसैले डीडीसीको बिक्री र किसान भुक्तानीबीच प्रत्यक्ष सम्बन्ध छ । बजारमा उत्पादन बिकेन भने किसानको पैसा अड्किन्छ । उत्पादन बिक्री बढ्यो भने नगद प्रवाह सुध्रिन्छ र किसानलाई भुक्तानी गर्न सकिने अवस्था बन्छ ।

प्रधानमन्त्रीको पोस्ट कि संस्थागत सुधार ?

प्रधानमन्त्रीको सामाजिक सञ्जाल पोस्टपछि डीडीसीका उत्पादनबारे चर्चा बढेको भए पनि अहिलेको सुधारलाई त्यसैको परिणाम मात्र मान्नु जोखिमपूर्ण हुन्छ । बिक्री वृद्धिका पछाडि आक्रामक बजारीकरण, मौज्दात व्यवस्थापन र खर्च कटौतीलाई संस्थानले मुख्य आधार बनाएको छ ।

मन्त्रालयका अनुसार अनिवार्य खर्चबाहेकका अन्य खर्च कटौती गरिएको छ । बाँकी बक्यौता असुलीमा समेत कडाइ गरिएको छ । कर्मचारीलाई दिइँदै आएको सहुलियत दूध तथा घिउको सुविधा कटौती गरेर वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको दाबी गरिएको छ ।

काठमाडौं उपत्यकामा निजी क्षेत्रसँगको समन्वयमा आठवटा डेडिकेटेड बिक्री केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ । यसको उद्देश्य डीडीसीका उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष पुर्‍याउनु हो ।

संस्थानको आफ्नै तथ्यांकले भने डीडीसीको उत्पादन र बजारमा विगतमा आएको दबाब स्पष्ट देखाउँछ । आर्थिक वर्ष २०७९/८० मा ३०२ लाख लिटरभन्दा बढी स्ट्यान्डर्ड प्याकेट दूध उत्पादन गरेको डीडीसीले २०८१/८२ मा करिब २७५ लाख लिटर मात्रै उत्पादन गरेको छ । सोही अवधिमा मखन उत्पादन भने ७२ हजार किलोबाट बढेर २ लाख ७२ हजार किलो पुगेको छ । स्किम्ड मिल्क पाउडर उत्पादन पनि ३ लाख १२ हजार किलोबाट बढेर ६ लाख ८२ हजार किलो पुगेको छ ।

यसले समस्या दूध उत्पादनमा मात्र नभई उत्पादनको संरचना र बजार व्यवस्थापनमा समेत रहेको संकेत गर्छ ।

किसानको पैसा घट्यो तर संकट सकिएको छैन

डीडीसीले किसानको बक्यौता घटाएको दाबी गरे पनि संस्थानको वित्तीय संकट पूर्ण रूपमा समाधान भइसकेको छैन । गत जेठमा सार्वजनिक विवरणअनुसार चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौतामध्ये १२ करोड रुपैयाँ भुक्तानी भइसकेको र बाँकी रकम दुई महिनाभित्र तिर्ने योजना बनाइएको थियो । त्यतिबेला संस्थानको दैनिक कारोबार करिब १ करोड रुपैयाँ रहेको र त्यसबाट दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको बताइएको थियो ।

यसकारण अहिलेको मुख्य चुनौती बजार विस्तारलाई निरन्तरता दिनु हो । प्रधानमन्त्रीको पोस्ट वा कुनै एकपटकको प्रचारले बिक्री बढाउन सकिए पनि त्यसले दीर्घकालीन व्यावसायिक सुधारको ग्यारेन्टी गर्दैन ।

डीडीसीसँग नीलो, हरियो, पहेंलो ‘काउ मिल्क’ र डबल टोन–टी मिल्कदेखि दही, घिउ, बटर, पनिर, चीज, लस्सी, मोही र आइसक्रिमसम्मको उत्पादन लाइन छ । संस्थानले बजारमा यी उत्पादनको पहुँच बढाउन सकेमा मौज्दात व्यवस्थापनसँगै किसानको भुक्तानी चक्र पनि सुधारिन सक्छ ।

सरकारी संस्थानका रूपमा डीडीसीको सफलता अन्ततः उसले कति दूध किन्यो र कति उत्पादन बेच्यो भन्नेमा मात्र होइन, किसानले आफ्नो दूधको पैसा समयमै पाए कि पाएनन् भन्नेमा मापन हुनेछ । अहिले बक्यौता ७२ करोडबाट ३५ करोडमा झर्नु सकारात्मक संकेत हो । तर बाँकी रकम पनि नियमित भुक्तानी हुने र संस्थानले फेरि पुरानै बक्यौता थुपार्न नदिने प्रणाली बनाउन सके मात्र यो सुधारलाई वास्तविक पुनरुत्थान मान्न सकिनेछ ।

2