udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

अटो शो सुरु भएकै दिन सवारी कर्जामा राष्ट्र बैंकको कडाइ

अटो शो सुरु भएकै दिन सवारी कर्जामा राष्ट्र बैंकको कडाइ
A A+ A-

काठमाडौं । भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो सुरु भएकै दिन नेपाल राष्ट्र बैंकले सवारी कर्जा बजारलाई प्रत्यक्ष असर पार्ने गरी हायर पर्चेज कम्पनीका लागि नयाँ व्यवस्था लागू गरेको छ । ग्राहकबाट लिइने सेवाशुल्कमा सीमा तोक्नेदेखि ब्याजदर निर्धारणलाई कोषको लागतसँग जोड्ने र कर्जा जोखिममा कडाइ गर्ने व्यवस्थाले गाडी किन्ने ग्राहकसँगै हायर पर्चेज कम्पनीको व्यावसायिक मोडलसमेत बदलिने भएको छ ।

राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था २०७०’ मा छैटौं संशोधन गर्दै सवारी कर्जाको शुल्क, ब्याजदर, कर्जा सीमा, पुँजी, जोखिम व्यवस्थापन र सुशासनमा नयाँ प्रावधान थपेको हो । यो संशोधनलाई केवल ग्राहकले तिर्ने शुल्क घटाउने निर्णयका रूपमा मात्र हेर्न मिल्दैन । यसले सवारी कर्जा बजारमा हायर पर्चेज कम्पनीले कसरी पैसा उठाउने, कति जोखिम लिन पाउने र ग्राहकसँग कति शुल्क असुल्न पाउने भन्ने आधार नै परिवर्तन गरेको छ ।

नेपालमा हाल राष्ट्र बैंकबाट इजाजतप्राप्त १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले मोटर, मेसिनरी तथा उपकरण खरिदका लागि कर्जा उपलब्ध गराउँदै आएका छन् । राष्ट्र बैंकको पछिल्लो सुपरिवेक्षण प्रतिवेदनअनुसार यी कम्पनीमा अग्नि, बाटास, हुलास फिन सर्भ, जगदम्बा, मनकामना, एमएडब्लू, ओम्नी, सिप्रदी, स्याकार र भेन्चर हायर पर्चेज पर्छन् ।

सेवाशुल्कमा १ प्रतिशतको सीमा

नयाँ व्यवस्थाको सबैभन्दा प्रत्यक्ष असर ग्राहकले गाडी किन्दा सुरुमै तिर्नुपर्ने अतिरिक्त खर्चमा पर्नेछ । संशोधित व्यवस्थाअनुसार हायर पर्चेज कम्पनीले स्वीकृत कर्जा रकमको अधिकतम १ प्रतिशतसम्म मात्र सेवाशुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

यसअघि सेवाशुल्क तथा अन्य शुल्कको संरचना कम्पनीअनुसार फरक हुने अवस्था थियो । २०७० को व्यवस्थामा क्रमशः कडाइ गर्दै २०७९/८० को चौथो संशोधनमा ब्याजबाहेक अन्य शुल्क तथा दस्तुर लिनै नपाउने व्यवस्था गरिएको थियो । त्यही व्यवस्थाले ग्राहकको लागत पारदर्शी बनाउने उद्देश्य राखेको थियो ।

अब १ प्रतिशतको स्पष्ट सीमा तोकिएपछि कम्पनीहरूले कर्जाको ब्याजबाहेक अतिरिक्त शुल्कबाट आम्दानी बढाउने ठाउँ साँघुरिएको छ । उदाहरणका लागि ५० लाख रुपैयाँको सवारी कर्जामा अधिकतम सेवाशुल्क ५० हजार रुपैयाँसम्म मात्र लिन सकिनेछ । यसले कर्जा लिँदाको प्रारम्भिक वित्तीय भार घटाउनेछ ।

तर यसको अर्को पाटो पनि छ । शुल्कबाट हुने आम्दानी सीमित भएपछि कम्पनीले आफ्नो लागत र जोखिमलाई ब्याजदरमा कसरी व्यवस्थापन गर्छ भन्ने प्रश्न पनि उठ्छ । यही ठाउँमा राष्ट्र बैंकले ब्याजदर निर्धारणमा अर्को महत्वपूर्ण अंकुश लगाएको छ ।

अब ब्याजदरको खेलमा कस्ट अफ फन्ड निर्णायक

नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीको ब्याजदरलाई कम्पनीको ‘कस्ट अफ फन्ड’ अर्थात् कोषको लागतसँग जोडेको छ । कम्पनीले आफ्नो कोषको लागतका आधारमा ब्याजदर निर्धारण गर्नुपर्नेछ र सार्वजनिक गरिएको ब्याजदरमा तोकिएको सीमाभन्दा बढी थपघट गर्न नपाउने व्यवस्था गरिएको छ ।

यसको अर्थ अब एउटै गाडीका लागि ग्राहकले कुन कम्पनीबाट कर्जा लिँदा कति ब्याज तिर्नुपर्छ भन्ने कुरा तुलनात्मक रूपमा स्पष्ट हुने अपेक्षा गरिएको छ ।

यो व्यवस्था आउनुअघि नै राष्ट्र बैंकले हायर पर्चेज क्षेत्रमा ब्याजदर र शुल्कलाई नियमन गर्ने संकेत गरिसकेको थियो । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले हायर पर्चेज कम्पनीको स्वीकृति, ब्याजदर गणना र सेवाशुल्कसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।

यसबीच बैंकिङ प्रणालीमा कर्जाको ब्याजदर भने निरन्तर घटिरहेको छ । राष्ट्र बैंकका अनुसार २०८३ वैशाखमा वाणिज्य बैंकको औसत आधारदर ४.९७ प्रतिशतमा झरेको थियो । २०८३ जेठ मसान्तसम्म ‘ए’ वर्गका बैंकको कर्जाको भारित औसत ब्याजदर ६.६४ प्रतिशत रहेको राष्ट्र बैंकको पछिल्लो तथ्यांक छ ।

त्यसैले अहिलेको सस्तो ब्याजदरको वातावरणमा हायर पर्चेज कम्पनीले पनि लागतअनुसार प्रतिस्पर्धी दरमा कर्जा दिनुपर्ने दबाब बढ्नेछ ।

कर्जा बजार खुल्दै गर्दा जोखिममा भने थप कडाइ

नयाँ व्यवस्था ग्राहकलाई सहज बनाउनेतर्फ मात्र केन्द्रित छैन । हायर पर्चेज कम्पनीको वित्तीय स्वास्थ्य जोगाउन राष्ट्र बैंकले जोखिम व्यवस्थापनमा पनि कडाइ गरेको छ ।

कम्पनीले आफ्नो खुद सम्पत्तिको १० गुणाभन्दा बढी ऋण तथा सापटी लिन पाउँदैनन् । एउटै ग्राहक, फर्म, कम्पनी वा समूहमा आफ्नो खुद सम्पत्तिको ३० प्रतिशतभन्दा बढी कर्जा केन्द्रित गर्न नपाउने व्यवस्था पनि छ । यस्ता प्रावधान पहिलेदेखि नै नियमनको हिस्सा रहे पनि नयाँ व्यवस्थाले कम्पनीको वित्तीय अनुशासनलाई थप स्पष्ट बनाएको छ ।

कम्पनीको न्यूनतम चुक्ता पुँजी ३० करोड रुपैयाँ तोकिएको छ । सर्वसाधारणबाट निक्षेप वा बचत उठाएर सवारी कर्जा चलाउन नपाउने र आफ्नै पुँजी तथा बैंकबाट लिएको ऋणमार्फत मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।

कर्जाको गुणस्तरमा पनि राष्ट्र बैंकले निगरानी बढाएको छ । २५ लाख रुपैयाँभन्दा बढीको कर्जामा प्यान अनिवार्य गर्ने व्यवस्था यसअघि नै लागू भइसकेको छ भने १० लाख रुपैयाँभन्दा बढीको कर्जा प्रवाह गर्दा कर्जा सूचना लिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

सवारी कर्जाको बजार भने पछिल्लो समय फेरि विस्तारको बाटोमा छ । राष्ट्र बैंकका अनुसार २०८२/८३ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाको हायर पर्चेज कर्जा १०.३ प्रतिशतले बढेको छ । यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कुल कर्जा ६.२ प्रतिशतले बढेर ५८ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ ।

यसले सवारी कर्जाको मागमा पुनः सुधार भइरहेको संकेत गर्छ । अघिल्लो चरणमा व्यक्तिगत प्रयोजनका सवारीमा कर्जा सीमा ६० प्रतिशतसम्म झारिँदा अटो बजारमा दबाब परेको थियो । नाइमा लगायत व्यवसायीले कर्जा–मूल्य अनुपात बढाउन माग गर्दै आएका थिए ।

अब नयाँ नियमनसँगै बजारको अर्को परीक्षा सुरु भएको छ । ग्राहकका लागि शुल्क र ब्याज पारदर्शी बनाउने राष्ट्र बैंकको प्रयास सफल भयो भने सवारी कर्जा सस्तो र प्रतिस्पर्धी बन्न सक्छ । तर हायर पर्चेज कम्पनीले शुल्कबाट गुमेको आम्दानी ब्याज वा अन्य अप्रत्यक्ष लागतबाट असुल्न थाले भने नयाँ नियमको वास्तविक लाभ ग्राहकसम्म पुग्न कठिन हुनेछ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action