Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

श्रमिक प्रणालीका समस्या र समाधानबारे मन्त्री यादवको अध्यक्षतामा छलफल

अ+ अ-

काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा श्रमिक आपूर्ति क्षेत्रका विद्यमान समस्या, चुनौती तथा समाधानका उपायबारे सरोकारवालासँग छलफल भएको छ। मन्त्रालयका अनुसार छलफलमा श्रमिकको हक–अधिकार संरक्षण, श्रमिक आपूर्ति व्यवसायको व्यवस्थित तथा प्रभावकारी नियमन, तथा आवश्यक कानुनी सुधारका विषयमा विभिन्न सुझाव प्रस्तुत गरिएको थियो।

छलफलका क्रममा सहभागीहरूले श्रमिक आपूर्ति प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र श्रमिकमैत्री बनाउन कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको धारणा राखेका थिए। मन्त्री यादवले प्राप्त सुझावलाई सरकारको श्रम सुधार प्रक्रियामा गम्भीरतापूर्वक समेटिने बताउँदै श्रम ऐन, २०७४ को संशोधनमा व्यावहारिक सुझावहरू समावेश गरिने जानकारी दिए।

उनले श्रमिक आपूर्ति प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार, श्रमिक, रोजगारदाता तथा अन्य सरोकारवालाबीच निरन्तर संवाद, समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिए। मन्त्री यादवका अनुसार श्रमिकको अधिकार संरक्षण गर्दै श्रम बजारलाई व्यवस्थित, विश्वसनीय र उत्पादनमुखी बनाउने दिशामा मन्त्रालय प्रतिबद्ध रहेको छ।

2