काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा ग्राहकको सहज सहभागिताका लागि आफ्नो मोबाइल बैंकिङमार्फत हुने डिजिटल भुक्तानीलाई कार्यक्रमसँग जोडेको छ।
बैंकको मोबाइल बैंकिङबाट मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रमा समावेश हुने भएकाले ग्राहकले छुट्टै कारोबार दर्ता वा अपलोड गर्नुपर्ने छैन। ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफ्ना योग्य कारोबारको संख्या र विवरणसमेत हेर्न सक्ने बैंकले जनाएको छ।
कार्यक्रमअन्तर्गत आन्तरिक राजस्व विभागले नियमित लक्की ड्रमार्फत दैनिक एक जना विजेतालाई कर कट्टीपछि १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था गरेको छ।
बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, प्यानरभ्याट बिल लिन र सुरक्षित राख्न तथा आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।
