Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

राष्ट्रियस्तरका विकास बैंकको नाफा ६४ प्रतिशतले बढ्यो

अ+ अ-

काठमाडौं। राष्ट्रियस्तरका आठ विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ८ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.८२ प्रतिशत बढी हो। अघिल्लो आवमा यी बैंकले ५ अर्ब २८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए।

नाफा बढ्नुमा खराब कर्जा व्यवस्थापनमा सुधार, कर्जा असुली बढ्नु, प्रोभिजन घट्नु र ब्याज आम्दानीमा सुधार प्रमुख कारण देखिएका छन्। राष्ट्र बैंकको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणसम्बन्धी नीतिगत व्यवस्थाले पनि बैंकको नाफा सुधारमा सहयोग पुगेको छ।

कुल नाफाका आधारमा गरिमा विकास बैंक १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँसहित पहिलो स्थानमा छ। बैंकको नाफा अघिल्लो आवको तुलनामा ३५।३४ प्रतिशत बढेको हो।

नाफा वृद्धिदरमा भने ज्योति विकास बैंक सबैभन्दा अगाडि छ। बैंकको खुद नाफा ९०२ प्रतिशतले बढेर १ अर्ब ५९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा बैंकको नाफा करिब १० करोड रुपैयाँ थियो।

त्यस्तै, मुक्तिनाथ विकास बैंकको नाफा १२।४४ प्रतिशत बढेर १ अर्ब ५१ करोड ८३ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ८२ प्रतिशत बढेर १ अर्ब १८ करोड १२ लाख रुपैयाँ पुगेको छ।

कामना सेवा विकास बैंकले ३३.५१ प्रतिशत बढाएर ८९ करोड ४१ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४६ प्रतिशत बढाएर ८८ करोड ९९ लाख, लुम्बिनी विकास बैंकले २५२ प्रतिशत बढाएर ८५ करोड १० लाख र महालक्ष्मी विकास बैंकले ४८ प्रतिशत बढाएर ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

यसरी आठवटै राष्ट्रियस्तरका विकास बैंकको नाफा अघिल्लो आवको तुलनामा बढेको छ। ज्योति र लुम्बिनीको नाफा वृद्धिदर उच्च रहँदा कुल नाफामा गरिमा विकास बैंक अगाडि छ।

2