Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

स्वदेशी उद्योगका जनशक्ति तयार पार्न ‘अन दी जब’ तथा ‘एपरेन्टसिप’ कार्यक्रम

स्वदेशी उद्योगका जनशक्ति तयार पार्न ‘अन दी जब’ तथा ‘एपरेन्टसिप’ कार्यक्रम
A A+ A-

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत स्वदेशी उद्योगको मागका आधारमा आवश्यक जनशक्ति उत्पादन गर्न पाठ्यक्रम परिमार्जन गरी ‘अन दी जब’ तथा

‘एपरेन्टसिप’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै स्वदेशी उद्योगको मागका आधारमा त्यस्ता कार्यक्रम सञ्चालन गरिने बताउनुभएको हो ।

उहाँले छ महिनाभन्दा कम अवधिको व्यावसायिक तथा सिप विकास तालिम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र प्रदेशस्तरबाट सञ्चालन गरिने र तालिमको गुणस्तर सुनिश्चित गर्न पाठ्यक्रम र प्रयोगात्मक शिक्षणको एकीकृत मापदण्ड लागु गरिने तथा मर्यादित श्रम अभ्यास, असल श्रम सम्बन्ध र उत्पादकत्व अभिवृद्धि गर्दै श्रमिकको हकहितको सुरक्षा गरिने पनि बताउनुभयो ।

उद्योगका लागि आवश्यक पर्ने सिपयुक्त जनशक्ति आपूर्ति गर्न विश्‍वविद्यालय, प्राविधिक शिक्षालय र व्यावसायिक तालिम केन्द्रसँगको समन्वयमा प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गरिने र स्वदेशमा रोजगारीका अवसर पर्याप्त हुन नसक्दा दक्ष तथा अदक्ष श्रमिक पलायन हुने जोखिम रहेकाले विदेश पठाउँदा दक्ष भएर पठाउने व्यवस्था गरिने प्रस्तुत बजेटमार्फत उल्लेख गर्नुभयो ।

बेरोजगारी समस्या दिगो रूपमा समाधान गर्न श्रम बजारको माग अनुरूप युवा जनशक्तिको सिप र दक्षता विकास गरिने राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम सञ्चालनका लागि एक अर्ब ९९ करोड विनियोजन गरिएको छ । रोजगारीको खोजीमा रहेका सिपयुक्त व्यक्तिको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने र निजी क्षेत्रका छाता सङ्गठनसँगको सहकार्यमा सबै प्रदेशमा रोजगार मेला सञ्चालन गरिने पनि प्रस्तुत बजेटमा उल्लेख छ ।

श्रम गन्तव्य देशको विविधीकरण

अर्थमन्त्री पौडेलले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन श्रम गन्तव्यको विविधीकरण गरिने प्रतिबद्धता व्यक्त गर्दै श्रम कूटनीतिका माध्यमबाट थप मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गरिने जनाउनुभयो । वैदेशिक रोजगारीमा जाने महिलाको कार्यस्थलको सुरक्षा र सेवा सुविधा सुनिश्चत हुने गरी गन्तव्य मुलुकसँग थप सम्झौता गरिने, सातै प्रदेशमा अनलाइन प्रणालीमार्फत सरल र सहज तरिकाले श्रम स्वीकृति दिने व्यवस्था मिलाइने पनि प्रस्तुत बजेटमा उल्लेख छ ।

आगामी आवमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चार अर्ब २८ करोड विनियोजन गरिएको छ । गत वर्ष यस मन्त्रालयका करिब नौ अर्ब विनियोजन गरिएको थियो ।

2