Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

प्रभु बैंकको आकर्षक घर तथा सवारी साधन कर्जा योजना सार्वजनिक

प्रभु बैंकको आकर्षक घर तथा सवारी साधन कर्जा योजना सार्वजनिक
A A+ A-

काठमाडौँ। प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सहज, सरल र किफायती कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार नयाँ योजनाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्मको घर कर्जा उपलब्ध हुनेछ। कर्जाको अवधि अधिकतम २५ वर्ष रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ।

यस योजनामार्फत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतसम्भारका साथै घर निर्माणको प्रयोजनका लागि जग्गा खरिद गर्न चाहने ग्राहकले कर्जा सुविधा लिन सक्ने बैंकले जनाएको छ। यो सुविधा देशभर रहेका बैंकका ३०० शाखामार्फत उपलब्ध हुनेछ।

त्यसैगरी, बैंकले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि अधिकतम सात वर्षसम्मको सवारी साधन कर्जा योजना ल्याएको छ। यस कर्जामा पनि सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ।

बैंकका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेश गरेको अवस्थामा दुई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध गराइनेछ। यसले ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरमा सहज रूपमा सवारी साधन खरिद गर्ने अवसर प्रदान गर्ने बैंकको विश्वास छ।

प्रभु बैंकले ग्राहकलाई छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको जनाएको छ।

बैंकका अनुसार घर तथा सवारी साधन कर्जा योजनासम्बन्धी थप जानकारी ग्राहकले नजिकैको प्रभु बैंक शाखाबाट लिन सक्नेछन्। बैंकले विगत दुई दशकदेखि देशभरका ३०० शाखा र ६६ एक्सटेन्सन काउन्टरमार्फत विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

2