udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

विद्युत् प्रसारणमा निजी क्षेत्र छिर्दै, ह्विलिङ चार्जको बाटो खुल्यो

विद्युत् प्रसारणमा निजी क्षेत्र छिर्दै, ह्विलिङ चार्जको बाटो खुल्यो
A A+ A-

काठमाडौं । नेपालको विद्युत् बजार अब उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई मात्रै बेच्ने पुरानो ढाँचाबाट विस्तारै बाहिरिने चरणमा पुगेको छ । विद्युत् नियमन आयोगले खुला पहुँचसम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएपछि निजी उत्पादकले ठूला उद्योगसँग प्रत्यक्ष विद्युत् खरिदबिक्री गर्न सक्ने आधार बनेको छ । त्यसमाथि निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा समेत सहभागी गराउने प्रक्रिया अघि बढेको छ । तर नयाँ बजारको वास्तविक परीक्षा भने प्रसारण शुल्क कति पर्छ र निजी लगानीले कति प्रतिफल पाउँछ भन्नेमा निर्भर हुनेछ ।

२० लाख होइन २८ लाख रुपैयाँको प्रसारण शुल्कको हिसाब

विद्युत् प्रसारणमा निजी क्षेत्र प्रवेशको सबैभन्दा महत्वपूर्ण आधार ‘खुला पहुँच’ हो । विद्युत् नियमन आयोगले २०८२ मा जारी गरेको निर्देशिकाले योग्य उत्पादक, ठूला औद्योगिक तथा व्यावसायिक उपभोक्ता, वितरण अनुमतिपत्र प्राप्त व्यक्ति र विद्युत् व्यापारमा संलग्न निकायलाई विद्यमान प्रसारण तथा वितरण प्रणाली भेदभावरहित रूपमा प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । ३३ केभी वा सोभन्दा माथिल्लो भोल्टेजमा जोडिएका ५ मेगावाट वा सोभन्दा बढी क्षमताका आयोजना तथा ५ मेगावाट वा सोभन्दा बढी करार माग भएका औद्योगिक तथा व्यावसायिक उपभोक्ता यसका प्रमुख लाभग्राही हुन् । क्याप्टिभ आयोजनाका लागि न्यूनतम १ मेगावाटको सीमा राखिएको छ । अन्तरदेशीय कारोबारका लागि न्यूनतम खुला पहुँच मात्रा १० मेगावाट तोकिएको छ ।

खुला पहुँचको अर्थ निजी कम्पनीले प्राधिकरणको प्रसारण लाइन आफ्नो स्वामित्वमा पाउने होइन । उत्पादनकर्ता र ग्राहकबीच विद्युत् खरिदबिक्री सम्झौता हुन सक्छ तर बिजुली पुर्‍याउन विद्यमान ग्रिड प्रयोग गरेबापत विभिन्न शुल्क तिर्नुपर्छ । निर्देशिकाले प्रसारण शुल्क, ह्विलिङ शुल्क, डेभिएसन सेटलमेन्ट शुल्क, क्रस सब्सिडी, अतिरिक्त सरचार्ज, स्ट्यान्डबाइ, रिएक्टिभ ऊर्जा, सेड्युलिङ र सञ्चालन शुल्क गरी नौ प्रकारका शुल्कको व्यवस्था गरेको छ । सबै प्रयोगकर्तालाई भने सबै शुल्क अनिवार्य हुँदैन ।

यहाँ एउटा महत्वपूर्ण प्राविधिक फरक छ । आयोगको अन्तिम खुला पहुँच निर्देशिकाले प्रसारण शुल्क र ह्विलिङ शुल्कलाई एउटै मानेको छैन । प्रसारण प्रणाली प्रयोग गरेबापतको शुल्क छुट्टै र वितरण प्रणाली प्रयोग गरेबापतको ह्विलिङ शुल्क छुट्टै संरचनामा राखिएको छ । त्यसैले बजारमा सामान्य रूपमा ‘ह्विलिङ चार्ज’ भनिँदै आएको सम्पूर्ण प्रसारण लागतलाई एउटै दरका रूपमा बुझ्नु गलत हुन्छ ।

आयोगले सार्वजनिक गरेको तयारीसम्बन्धी दस्तावेजमा भने आर्थिक वर्ष २०८२/८३ का लागि दीर्घकालीन तथा मध्यकालीन खुला पहुँचमा संकेतात्मक प्रसारण शुल्क प्रतिमेगावाट प्रतिमहिना २ लाख ८३ हजार ८४२ रुपैयाँ र अल्पकालीन कारोबारका लागि ३९ पैसा प्रतिकिलोवाट घण्टा देखाएको थियो । यो दर प्रसारण प्रणालीको आवश्यक वार्षिक आय र प्रणालीको अधिकतम भारलाई आधार बनाएर निकालिएको हो ।

यसको अर्थ १० मेगावाटको क्षमता दीर्घकालीन वा मध्यकालीन रूपमा आरक्षण गर्ने ग्राहकले यही संकेतात्मक दरलाई आधार मान्दा महिनामा करिब २८ लाख ३८ हजार रुपैयाँ प्रसारण शुल्कको भार बेहोर्नुपर्ने हुन्छ । तर यो अन्तिम कारोबार लागत भने होइन । वितरणतर्फको ह्विलिङ, डेभिएसन, स्ट्यान्डबाइलगायत लागू हुने अन्य शुल्क थपिएपछि वास्तविक लागत फरक पर्न सक्छ ।

यही शुल्क संरचना निजी प्रसारण लाइन निर्माण गर्ने कम्पनीको व्यापारिक मोडलका लागि पनि निर्णायक हुनेछ । लगानीकर्ताले लाइन बनाएर त्यसको क्षमता प्रयोग गराउने हो भने उसले कति प्रसारण सेवा शुल्क पाउने भन्ने स्पष्ट नहुँदा अर्बौंको पूर्वाधारमा लगानीको जोखिम मूल्यांकन गर्न कठिन हुन्छ । यही कारण आयोगले लागतमा आधारित र पारदर्शी शुल्क संरचनालाई मुख्य आधार बनाएको छ ।

७ हजार सर्किट किलोमिटरको ग्रिडलाई १७ हजार पुर्‍याउन निजी पैसा खोजिँदै

नेपालको विद्युत् उत्पादन क्षमता बढिरहेको छ तर त्यसलाई बजारसम्म पुर्‍याउने प्रसारण पूर्वाधार अझै ठूलो बाधक बनेको छ । २०८२ फागुनसम्म ६६ केभी वा सोभन्दा माथिका राष्ट्रिय प्रसारण लाइनको लम्बाइ ७ हजार २८० सर्किट किलोमिटर पुगेको थियो । सरकारले २०३५ सम्म प्रसारण प्रणालीलाई करिब १७ हजार ४४६ सर्किट किलोमिटर पुर्‍याउने लक्ष्य राखेको छ । अर्थात् अहिलेको तुलनामा करिब १० हजार १६६ सर्किट किलोमिटर थप प्रसारण पूर्वाधार आवश्यक पर्नेछ ।

सबस्टेसनतर्फ पनि चुनौती उत्तिकै ठूलो छ । ऊर्जा विकास मार्गचित्रले २०३५ सम्म सबस्टेसन क्षमता ४० हजार एमभीए पुर्‍याउने लक्ष्य राखेको छ । उत्पादनतर्फ २८ हजार ५०० मेगावाटको लक्ष्य राखिएको अवस्थामा अहिलेको प्रसारण संरचनाले मात्र त्यति ठूलो विद्युत् प्रणाली धान्न सक्दैन । मार्गचित्रमा १३२ केभी, २२० केभी र ४०० केभीका गरी १७ हजार ४४६ सर्किट किलोमिटर प्रसारण संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।

यसका लागि आवश्यक लगानी पनि सानो छैन । ऊर्जा विकास मार्गचित्रअनुसार प्रसारण लाइन र सबस्टेसनतर्फ मात्रै करिब ५.६ अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । उत्पादन, प्रसारण र वितरणसहित ऊर्जा क्षेत्रको १० वर्षे लक्ष्य पूरा गर्न कुल करिब ४६.५ अर्ब अमेरिकी डलर लगानी जुटाउनुपर्ने प्रक्षेपण छ ।

सरकारले आगामी आर्थिक वर्षमा विद्युत् पूर्वाधारका लागि करिब ८० अर्ब रुपैयाँ खर्च गर्ने र एक वर्षभित्र रणनीतिक महत्वका १२ वटा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । तर यति ठूलो पूर्वाधार आवश्यकता केवल सरकारी बजेट र प्राधिकरणको स्रोतबाट पूरा गर्न कठिन हुने देखिएपछि निजी लगानीलाई प्रसारणमै तान्ने नीति अघि सारिएको हो ।

यसको प्रारम्भिक अभ्याससमेत सुरु भइसकेको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निर्माण सञ्चालन तथा हस्तान्तरण अर्थात् बुट मोडलमा चारवटा प्रमुख प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रबाट आशयपत्र मागेको थियो । त्यसमा १८ वटा स्वदेशी तथा विदेशी कम्पनी र संयुक्त उपक्रमले आवेदन दिएका छन् । प्रस्तावित आयोजनामध्ये ४०० केभी शीतलपाटी–इनरुवा ९५ किलोमिटर, ४०० केभी तिङ्ला–न्यू खिम्ती–सुनकोशी–ढल्केबर १३३.९९ किलोमिटर, १३२ केभी डाँडाखेत–बुर्तिबाङ ३३ किलोमिटर र १३२ केभी रिडी–तम्घास करिब २८ किलोमिटरका छन् ।

तर यहाँ अर्को विरोधाभास पनि देखिएको छ । निजी क्षेत्रले लामो समयदेखि प्रसारणमा प्रवेश माग्दै आए पनि पहिलोपटक अवसर खुल्दा आवेदन दिनेमा भारतीय कम्पनीको चासो नेपाली कम्पनीभन्दा बढी देखिएको प्राधिकरणले नै जनाएको छ । निजी कम्पनीले निर्माणपछि २० वर्षसम्म सञ्चालन तथा मर्मतसम्भार गरेर त्यसपछि संरचना प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्ने सर्त राखिएको छ । यसले नेपालको निजी क्षेत्रका लागि प्रसारण लगानी अझै पर्याप्त आकर्षक बनिसकेको छैन भन्ने संकेत गर्छ ।

प्राधिकरणको एकाधिकार तोडिँदैछ तर बजार अझै पूर्ण खुला छैन

खुला पहुँच निर्देशिकाले नेपालको विद्युत् बजारमा एउटा महत्वपूर्ण संरचनागत परिवर्तन गरेको छ । अब योग्य उत्पादकले प्राधिकरणलाई मात्रै विद्युत् बेच्नुपर्ने बाध्यता हटाउँदै ठूला उद्योगसँग प्रत्यक्ष सम्झौताको बाटो खोलिएको छ । उत्पादक र अन्तिम उपभोक्ताबीच प्रत्यक्ष कारोबार, उत्पादक र वितरण अनुमतिपत्र प्राप्त संस्थाबीच कारोबार, व्यापारिक कम्पनीमार्फत कारोबार तथा निश्चित अवस्थामा अन्तरदेशीय कारोबारसमेत खुला पहुँचको दायरामा राखिएको छ ।

तर यसलाई पूर्ण रूपमा प्रतिस्पर्धी विद्युत् बजार सुरु भएको अर्थमा बुझ्न भने हतार हुनेछ । अहिले खुला पहुँचको नोडल एजेन्सीका रूपमा नेपाल विद्युत् प्राधिकरणकै विद्युत् प्रणाली सञ्चालन विभागलाई तोकिएको छ । अर्थात् जसको पूर्वाधार प्रयोग गर्नुपर्ने हो उसैले खुला पहुँचको प्राविधिक व्यवस्थापन र प्रणाली सञ्चालनको महत्वपूर्ण जिम्मेवारी पनि पाएको छ । प्रणालीको निष्पक्ष पहुँच सुनिश्चित गर्न नियामकको निगरानी यहाँ निर्णायक हुनेछ ।

प्रणालीमा कन्जेसन भएमा पनि प्राथमिकता स्पष्ट छ । अल्पकालीन खुला पहुँच पहिले कटौती हुन्छ त्यसपछि मध्यकालीन र अन्त्यमा दीर्घकालीन खुला पहुँच कटौती हुने व्यवस्था छ । यसले दीर्घकालीन लगानीकर्तालाई तुलनात्मक सुरक्षा दिन खोजेको देखिन्छ । तर वास्तविक जोखिम भने ग्रिडको क्षमता र उपलब्धता नै हो ।

आयोगले आगामी चरणमा ह्विलिङ तथा प्रसारण शुल्कलाई लागतमा आधारित र पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आएको छ । आयोगको वार्षिक कार्यक्रममै खुला पहुँच कार्यान्वयनका लागि प्रसारण तथा ह्विलिङ शुल्कको उचित र लागतआधारित संरचना निर्धारणलाई प्राथमिकतामा राखिएको छ । ऊर्जा मन्त्रालयले समेत निजी लगानीमा प्रसारण लाइन निर्माण गरी ह्विलिङ शुल्कमार्फत विद्युत् कारोबार गर्न सकिने व्यवस्था कार्यान्वयन गर्ने बताइसकेको छ ।

यसको अर्थ नेपालको विद्युत् क्षेत्रमा अब अर्को प्रतिस्पर्धा सुरु हुँदैछ । पहिलो प्रतिस्पर्धा उत्पादनमा थियो । अब प्रसारण पूर्वाधारमा लगानी कसले गर्ने र त्यसको लागत कसरी उठाउने भन्ने प्रतिस्पर्धा हुनेछ । त्यसपछि उत्पादकले आफ्नो बिजुलीको बजार आफैं खोज्ने अवस्था बलियो बन्दै जाँदा विद्युत् खरिदबिक्रीमा समेत प्रतिस्पर्धा बढ्नेछ ।

तर यो परिवर्तन सफल बनाउन तीन कुरा अनिवार्य देखिन्छन् । पहिलो निजी प्रसारण लगानीलाई बैंकले लगानीयोग्य ठान्ने गरी दीर्घकालीन आम्दानी सुनिश्चित हुनुपर्छ । दोस्रो ह्विलिङ तथा प्रसारण शुल्क लागतमा आधारित भए पनि उत्पादक र उपभोक्ताका लागि अत्यधिक महँगो हुनु हुँदैन । तेस्रो प्राधिकरणकै ग्रिड प्रयोग गर्दा निजी उत्पादकलाई भेदभाव हुने अवस्था आउनु हुँदैन ।

नेपालले २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन र १५ हजार मेगावाटसम्म विद्युत् निर्यातको लक्ष्य राखेको छ । त्यसका लागि प्रसारण प्रणाली १७ हजार ४४६ सर्किट किलोमिटर पुर्‍याउनुपर्नेछ । त्यसैले अब प्रश्न बिजुली उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने होइन । प्रश्न उत्पादित बिजुलीलाई कुन ग्रिडबाट कहाँ पुर्‍याउने र त्यसको लागत कसले तिर्ने भन्ने हो ।

ह्विलिङ चार्जको ढाँचा त्यसैको आर्थिक उत्तर हो । निजी क्षेत्रलाई प्रसारणमा प्रवेश दिने ढोका खोलिएको छ । तर त्यो ढोका लगानीकर्ताका लागि साँच्चिकै आकर्षक हुन्छ कि कागजमै सीमित हुन्छ भन्ने कुरा आगामी शुल्क निर्धारण र कार्यान्वयनले तय गर्नेछ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action